१३ जेष्ठ २०८३, बुधबार | May 28, 2026

लुम्बिनी प्रवर्द्धनका लागि ‘बौद्ध सञ्चार यात्रा’



भैरहवा । लुम्बिनीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भैरहवाबाट लुम्बिनीसम्म पदयात्रा कार्यक्रम गरिएको छ । लुम्बिनी प्रेस क्लबको नवौँ स्थापना दिवसका अवसर पारेर आज ‘बौद्ध सञ्चार यात्रा’ गरिएको हो ।

त्रिपिटकमा पनि ‘बौद्ध सञ्चार यात्रा’को वर्णन गरिएको भन्दै यसैको अनुशरण गरेर एक सय ५० जनाभन्दा बढीको सहभागितामा भैरहवाबाट लुम्बिनीसम्म करिब २४ किलोमिटर पदयात्राको आयोजना गरिएको लुम्बिनी प्रेस क्लबका कार्यवाहक अध्यक्ष कमल रायमाझीले जानकारी दिए ।

“क्लबको स्थापना दिवसका अवसर पारेर कार्यक्रम गरिए पनि यसले समग्र लुम्बिनीको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने हाम्रो अपेक्षा रहेको छ”, रायमाझीले भने, “यो हामी यसै क्षेत्रमा बस्ने सञ्चारकर्मीहरूको दायित्व पनि हो ।”

लुम्बिनी पुगेका सञ्चारकर्मीलगायत टिमलाई स्वागत गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्यारक्याल लामाले लुम्बिनी संसारको शान्ति स्थापनाको मुख्य स्रोत भएको बताए । बुद्धको जन्मस्थल मात्र नभई बुद्धका उपदेश पनि यहीँबाट उदय भएको उनले बताए ।

“लुम्बिनी अहिले नेपालको मात्र नभई यसको अन्तर्राष्ट्रियकरण भइसकेको छ”, उनले भने, “विश्व सम्पदा सूचीमा सूचीकृत भएको यो स्थल शान्तिगामीहरूको लागि साझास्थल हो ।” यसमा लुम्बिनी प्रेस क्लबको यात्राले समग्र नेपालीलाई लुम्बिनीको प्रचार–प्रसारमा थप सहयोग गर्ने उनले बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पत्रकार सञ्चारकर्मसँगै लुम्बिनीको पर्यटनका लागि गरेको कार्य सराहनीय रहेको बताए । ‘पर्यटनका लागि शान्ति, शान्तिका लागि आध्यात्मिक मौल यात्रा’ नारा दिइएको पदयात्रा भैरहवाको लुम्बिनी गेटबाट सुरु भई मायादेवी मन्दिरमा समापन भएको थियो ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ९ : ३४ बजे

संविधान संशोधन बहसपत्र कार्यदलद्वारा विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलासँग छलफल

काठमाडौँ । विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलाले संविधान संशोधन

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

पोखरा । पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

डिडिसीका कागजात प्रहरीको नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज लैनचौर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

दाङ । लुम्बिनी प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि

सार्वजनिक संस्थान : २७ नाफा र १६ घाटामा सञ्चालित, दुई बन्द

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति