९ कार्तिक २०८३, सोमबार | October 26, 2026

लुम्बिनी प्रवर्द्धनका लागि ‘बौद्ध सञ्चार यात्रा’



भैरहवा । लुम्बिनीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भैरहवाबाट लुम्बिनीसम्म पदयात्रा कार्यक्रम गरिएको छ । लुम्बिनी प्रेस क्लबको नवौँ स्थापना दिवसका अवसर पारेर आज ‘बौद्ध सञ्चार यात्रा’ गरिएको हो ।

त्रिपिटकमा पनि ‘बौद्ध सञ्चार यात्रा’को वर्णन गरिएको भन्दै यसैको अनुशरण गरेर एक सय ५० जनाभन्दा बढीको सहभागितामा भैरहवाबाट लुम्बिनीसम्म करिब २४ किलोमिटर पदयात्राको आयोजना गरिएको लुम्बिनी प्रेस क्लबका कार्यवाहक अध्यक्ष कमल रायमाझीले जानकारी दिए ।

“क्लबको स्थापना दिवसका अवसर पारेर कार्यक्रम गरिए पनि यसले समग्र लुम्बिनीको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने हाम्रो अपेक्षा रहेको छ”, रायमाझीले भने, “यो हामी यसै क्षेत्रमा बस्ने सञ्चारकर्मीहरूको दायित्व पनि हो ।”

लुम्बिनी पुगेका सञ्चारकर्मीलगायत टिमलाई स्वागत गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्यारक्याल लामाले लुम्बिनी संसारको शान्ति स्थापनाको मुख्य स्रोत भएको बताए । बुद्धको जन्मस्थल मात्र नभई बुद्धका उपदेश पनि यहीँबाट उदय भएको उनले बताए ।

“लुम्बिनी अहिले नेपालको मात्र नभई यसको अन्तर्राष्ट्रियकरण भइसकेको छ”, उनले भने, “विश्व सम्पदा सूचीमा सूचीकृत भएको यो स्थल शान्तिगामीहरूको लागि साझास्थल हो ।” यसमा लुम्बिनी प्रेस क्लबको यात्राले समग्र नेपालीलाई लुम्बिनीको प्रचार–प्रसारमा थप सहयोग गर्ने उनले बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पत्रकार सञ्चारकर्मसँगै लुम्बिनीको पर्यटनका लागि गरेको कार्य सराहनीय रहेको बताए । ‘पर्यटनका लागि शान्ति, शान्तिका लागि आध्यात्मिक मौल यात्रा’ नारा दिइएको पदयात्रा भैरहवाको लुम्बिनी गेटबाट सुरु भई मायादेवी मन्दिरमा समापन भएको थियो ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ९ : ३४ बजे

बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म भीषण वर्षा र हिमपात हुने

काठमाडौं । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि

खोटाङमा खुकुरी प्रहारबाट एउटै परिवारका चार जना गम्भीर घाइते

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका

प्रतितोला तीन हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य बढेको छ

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ कात्तिक १२ गते

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले कात्तिक

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : मन्त्री रावल

चितवन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री