२१ भदौ २०८३, आइतबार | September 6, 2026

नेफ्स्कूनको अध्यक्षमा सत्ता गठबन्धन निकट ढकाल निर्वाचित



काठमाडौं । देशभरका सहकारीको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून)को अध्यक्ष पदमा सत्ता गठबन्धन निकट चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । नेफ्स्कूनको यही पुस ७ र ८ गते सम्पन्न ३२ औँ वार्षिक साधारणसभा एवं निर्वाचनमा ढकालले एक हजार एक सय ९६ मत प्राप्त गर्दै विजयी भएका हुन्।

निर्वाचनमा अध्यक्षका प्रत्यासी एमाले निकट उम्मेदवार परितोष पौड्यालले एक हजार १९ मत प्राप्त गरेका छन् । वरिष्ठ उपाध्यक्षमा गठबन्धनकै दामोदर अधिकारी, महिला उपाध्यक्षमा शान्ति अधिकारी , महासचिवमा घनश्याम अधिकारी कोषाध्यक्षमा दिपक थापा निर्वाचित भएका छन् ।

सञ्चालक महिलामा सीता ढकाल पौडेल, मन्दरा मिश्र, कमलादेवी गिरी, लक्ष्मी सापकोटा (कोशी प्रदेश), शोभाकुमारी राउत (मधेस प्रदेश), खेमराज सुवेदी (बागमती प्रदेश), गोपालप्रसाद गौतम (गण्डकी प्रदेश),ज्ञानु पौड्याल (लुम्बिनी प्रदेश), वीरबहादुर राउत भोट (कर्णाली प्रदेश), दिप्ती शाही (सुदूरपश्चिम प्रदेश) विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी, सञ्चालक खुलामा देवकुमार श्रेष्ठ, सुशीलकुमार बस्न्यात, शालिकराम ढकाल, लेखा सुपरीवेक्षण समिति संयोजकमा इन्द्रराज ज्योती पौडेल, सदस्यद्वयमा हेमराज विष्ट र दुर्गा तिवारी सञ्जेल निर्वाचित भएका छन् । गए राति सम्पन्न मतदानमा कूल दुई हजार छ सय ३३ मतदातामध्ये दुई हजार दुई सय मतदाताले मतदान गरेका थिए ।

गठबन्धनको टिममा नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीमा आबद्ध सहकारीकर्मीहरु रहेका छन् त्यस विरुद्ध एमाले निकट सहकारीकर्मिहरुले उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ९ : ३६ बजे

भोटेकोशी बाढी : रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा । नेपाल-चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको भीषण बाढीका

एसीसी प्रिमियर कपमा आज नेपालले साउदी अरेबियासँग खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो संस्करणअन्तर्गत नेपालले आज

गोरखामा बाढीले पुलसहित तीन घर बगायो

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका-४ नामरुङमा आएको बाढीले पुलसहित तीनवटा

नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै

काठमाडौं । अष्ट्रेलियामा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले अन्तिम

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति