२३ चैत्र २०८२, सोमबार | April 6, 2026

प्रभासको ‘सालार’ले ४ दिन मै ५ सय करोड कमाउने अनुमान



मुम्बई । बाहुबली पछि प्रभासको ‘सालार’ ब्लकबस्टर सावित भएको छ । बितेका ३ दिनमा सय वा २०० करोड मात्रै नभई ४ सय करोड नाघेको यो फिल्मको विश्वव्यापी कलेक्सन हेर्दा यो कुरा थाहा पाउन सकिन्छ ।

यति मात्रै होइन, फिल्मले दर्शकको अझै पनि निकै माया पाइरहेको छ । क्रिसमसको बिदामा सालारले ५०० करोडको आँकडा पार गर्छ कि गर्दैन ? त्यो भने हेर्न बाँकी छ । तर हामी तपाईलाई बताउँछौं कि सालारले ३ दिनमा विश्वभर कति कमाई गरेको छ त ?

रिपोर्टका अनुसार प्रभास र पृथ्वीराज सुकुमारनको सालारको तीन दिनको विश्वव्यापी कलेक्सन ४०२ करोड रुपैयाँ पुगेको छ । जहाँ भारतमा यो कमाई २०९.१ करोड पुगेको छ । पहिलो तीन दिनको कुरा गर्ने हो भने फिल्म सालारले ९०.७ करोडको ओपनिङ गरेको थियो भने दोस्रो दिन ५६.३५ करोड र तेस्रो दिन ६२.०५ करोड कमाइसकेको छ ।

यसबाहेक प्रशान्त नीलको फिल्मले क्रिसमसको बिदामा २५ हजारभन्दा बढी टिकट बिक्री गरेको खबर छ, जुन रेकर्ड ब्रेकिङ हो । उल्लेखनीय छ कि प्रशान्त नीलको ‘सालार’ हिट हुनुभन्दा पहिले प्रभासका साहो र आदिपुरुष जस्ता फिल्महरु फ्लप भएका थिए । तर, ‘सालार पार्ट १ः सीजफायर’ ले सम्पूर्ण खेल बदलिदिएको छ र बक्स अफिसमा डन्कीलाई पराजित गरेको छ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ८ : ५५ बजे

शेयर बजारप्रति सरकार उदार, ‘धरपकड होइन सुधार’ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शेयर बजारमा अनावश्यक त्रास

प्रतिनिधिसभामा नेकपा प्रमुख सचेतकको सुझाव – ‘स्टन्ट होइन, काम गरेर देखाओस्’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारलाई

नेपालमा लगानीको अपार सम्भावनाको सदुपयोग गर्न एनआरएनएलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं । गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न

स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपोस मार्फत रणनीतिक साझेदारी

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले सिटीटेक ग्रुपसँग डिजिटल भुक्तानी क्षेत्र का