२९ मंसिर २०८२, सोमबार | December 15, 2025

प्रभासको ‘सालार’ले ४ दिन मै ५ सय करोड कमाउने अनुमान



मुम्बई । बाहुबली पछि प्रभासको ‘सालार’ ब्लकबस्टर सावित भएको छ । बितेका ३ दिनमा सय वा २०० करोड मात्रै नभई ४ सय करोड नाघेको यो फिल्मको विश्वव्यापी कलेक्सन हेर्दा यो कुरा थाहा पाउन सकिन्छ ।

यति मात्रै होइन, फिल्मले दर्शकको अझै पनि निकै माया पाइरहेको छ । क्रिसमसको बिदामा सालारले ५०० करोडको आँकडा पार गर्छ कि गर्दैन ? त्यो भने हेर्न बाँकी छ । तर हामी तपाईलाई बताउँछौं कि सालारले ३ दिनमा विश्वभर कति कमाई गरेको छ त ?

रिपोर्टका अनुसार प्रभास र पृथ्वीराज सुकुमारनको सालारको तीन दिनको विश्वव्यापी कलेक्सन ४०२ करोड रुपैयाँ पुगेको छ । जहाँ भारतमा यो कमाई २०९.१ करोड पुगेको छ । पहिलो तीन दिनको कुरा गर्ने हो भने फिल्म सालारले ९०.७ करोडको ओपनिङ गरेको थियो भने दोस्रो दिन ५६.३५ करोड र तेस्रो दिन ६२.०५ करोड कमाइसकेको छ ।

यसबाहेक प्रशान्त नीलको फिल्मले क्रिसमसको बिदामा २५ हजारभन्दा बढी टिकट बिक्री गरेको खबर छ, जुन रेकर्ड ब्रेकिङ हो । उल्लेखनीय छ कि प्रशान्त नीलको ‘सालार’ हिट हुनुभन्दा पहिले प्रभासका साहो र आदिपुरुष जस्ता फिल्महरु फ्लप भएका थिए । तर, ‘सालार पार्ट १ः सीजफायर’ ले सम्पूर्ण खेल बदलिदिएको छ र बक्स अफिसमा डन्कीलाई पराजित गरेको छ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ८ : ५५ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ