१० पुस २०८२, बिहिबार | December 25, 2025

ज्येष्ठ नागरिकलाई लक्षित गरी आकासे पुलमा लिफ्ट



काठमाडौं । काठमाडौं महानगरपालिकाले बानेश्वरको आकासे पुलमा ज्येष्ठ नागरिकलाई लक्षित गरी दुई वटा लिफ्ट राख्ने तयारी गरेको छ । उक्त पुलको दुवैपट्टी एकरएक वटा लिफ्ट राख्ने तयारी भएको कामपाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त लिफ्टलाई प्रयोगकर्ताले आवश्यकता अनुरुप प्रयोग गर्न सक्नेछन् ।

लिफ्ट ज्येष्ठ नागरिकप्रति लक्षित गरेर राखिने भए पनि अन्य शारीरिक रुपमा असक्षम, अपाङ्गता भएका नागरिक तथा बालबालिकाले प्रयोग गर्न सक्ने श्रेष्ठको भनाइ थियो । उहाँका अनुसार लिफ्टमा एक पटकमा आठ जनाले सेवा लिन सक्नेछन् ।

आकासे पुलमा लिफ्ट राख्नका लागि कामपाले चालु आर्थिक वर्षमा रू पाँच करोड विनियोजन गरेको छ । चालु आवको नीति कार्यक्रम र बजेटमा व्यवस्था भएअनुरुपनै कामपाले उक्त स्थानमा लिफ्ट राख्ने तयारी गरेको जनाएको छ ।

लिफ्टका लागि बोलपत्र आह्वानको अन्तिम तयारी भइरहेको जनाउँदै आगामी साता निर्माणका लागि सार्वजनिक सूचना आउने ट्राफिक विज्ञ सल्लाहकार श्रेष्ठले बताए । उनका अनुसार लिफ्ट राखिसकेपछि त्यसको संरक्षण र रेखदेख गर्नका लागि कामपाले केही स्वयम्सेवक राख्ने तयारी गरेको छ ।

कामपाले चालु आवमा सडक सुरक्षाका लागि बस बिसौनी निर्माण, बसको रुट मिलाउने, सडकबत्ती विस्तार गर्दै जाने, एकतर्फी सडकको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा डिभाइडरको व्यवस्थापन, पेट्रोल पम्पको व्यवस्थापन, सडक सङ्केत तथा चिन्ह व्यवस्थापनलगायत काम गर्ने जनाएको छ ।

यससँगै दैनिक उपभोग्य वस्तुको ढुवानी, मालबाहक सवारी, विद्यालयका बसको समय निर्धारण, पार्किङ व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणालीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने पनि कामपाको तयारी छ ।

सल्लाहकार श्रेष्ठले सडकमा सङ्केत चिन्ह मिलाउन तत्काल काम थाल्नुपर्ने बताए । यस्ता चिन्ह आधिकारिक निकायले अध्ययन गरेर मात्र राख्नुपर्ने भएकाले कामपाले अध्ययनको गरिरहेको उनले जानकारी दिए । उनका अनुसार सडक चिन्ह देखिने, स्पष्ट, बुझ्न सजिलो हुने तथा प्रोत्साहन दिने खालका हुनुपर्दछ । चालु आवमा कामपाको अधिकारक्षेत्रमा पर्ने यातायात क्षेत्रको सुधारका लागि रू ४४ करोड छुट्याइएको छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १ : ३५ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र