१० असार २०८३, बुधबार | June 24, 2026

चिसोले मुसहर बस्तीको जनजीवन कष्टकर



नवलपरासी । चिसो बढ्दै जाँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका-२ मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ । मुसहर बस्तीमा करिब एक सय १३ घरधुरी बसोबास गर्छन् । उनीहरु दैनिक ज्याला मजदुरीबाट गुजारा गर्ने जनाइएको छ ।

स्थानीय शान्ति मुसहरले भने, “जाडोमा न लगाउने न्यानो कपडा छ, न पेटभरि खाने अन्न । जाडो छल्न घामको पार ताप्नु परेको छ । ” ब्लकले बनाएको सानो घरमा न ढोका छ न त झ्याल । “घरमा ओड्ने ओछ्याउने छैन्, पराल ओछ्याएर सुतेका छौँ, श्रीमान्ले काम पाउनुभएको छैन”, उनले भने, “यो चिसोमा बिहान बेलुकाको छाक टार्न पनि मुस्किल भएको छ ।” झुप्रो घरभित्र परालमा सुतेर रात कटाउने शान्ति जस्तै यहाँ धेरै छन् ।

स्थानीय जितनी माझी उमेरले ६५ वर्ष पुग्नुभयो । अहिले काम नभएपछि अन्न र लत्ताकपडा किन्ने पैसा नभएको उनले बताए । “पेटभरि खान नपाएको छैन, जाडोमा केटाकेटीले छिनछिनमै खान खोज्छन्, तर खानदिने अन्न छैन”, उनले भने, “मजदुरी गर्न काम पाइएको छैन , कति दिन भई सक्यो एक छाक खान्छौ । ”

देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले मुसहर बस्तीमा लत्ताकपडा र खाद्यान्न तत्काल व्यवस्था गर्ने जानकारी दिए । उनले भने, “ केही लत्ताकपडा, खाद्यान्न नगरपालिकाको तर्फबाट तत्काल व्यवस्था गर्छौं । ती समुदायको आर्थिक स्तर माथि उठान नगरपालिकाले विभिन्न कार्यक्रम कार्यान्वयन समेत गर्ने छ । ”

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ९ : ४२ बजे

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया