३१ श्रावण २०८३, आइतबार | August 16, 2026

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु



नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका-८ खरकट्टा जङ्गलस्थित पूर्व-पश्चिम राजमार्गमा अज्ञात सवारीसाधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का अनुसार गए राति नम्बर नखुलेको सवारीसाधनले हुप्सेकोट गाउँपालिका-५ निवासी वर्ष २३ का तिलबहादुर राना मगरलाई ठक्कर दिएको थियो । दुर्घटनापछि गम्भीर घाइते अवस्थामा रहेका उनलाई ट्राफिक प्रहरीको टोलीले उद्धार गरी तत्काल मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचारका लागि पु¥याएको थियो ।

टाउको र निधारमा गम्भीर चोट लागेका राना मगरलाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको थियो । उपचारकै क्रममा बिहान चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी९बर्दघाट सुस्तापूर्व०का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।

दुर्घटनामा संलग्न अज्ञात सवारीसाधनको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०८३, बिहिबार  ११ : १९ बजे

बिक्रेतामार्फत ग्यास बिक्री वितरण गर्न ग्यास बिक्रेता महासंघको माग

काठमाडौं । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण

न्यायालयप्रति पूर्ण विश्वास छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक

उद्योग र विभिन्न केन्द्रमार्फत निगमको आफै ग्यास बेच्ने निर्णयले अभाव थप जटिल

काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका

भारतका प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ