१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

सिद्धार्थ राजमार्गमा १०० दिने रात्रिकालीन बन्द : पाल्पा प्रशासनको निर्णयलाई रुपन्देहीको ‘काउण्टर’!



बुटवल । पाल्पा प्रशासनले सुरुङ मार्गको कामलाई बिना अवरोध सुचारु गर्न भन्दै लगातार १०० दिन सम्म रातीको समयमा सडक बन्द गर्ने निर्णय गरेको तेस्रो दिन रुपन्देही प्रशासनले फरक निर्णय गरेर पाल्पा प्रशासनको निर्णयलाई ‘काउण्टर’ दिएको छ ।

पाल्पा प्रशासनले आगामी सोमबार देखि सुरुङ मार्गको कामलाई सहज बनाउन भन्दै १०० दिनका लागि राति १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन सन्चालनमा रोक लगाउने निर्णय सार्वजनिक गरेको थियो । सरोकारवालाकाबीच बैठक गरेर गरिएको निर्णय भन्दै लगातार १०० दिन रातिको समयमा सडक बन्द गर्ने निर्णय सार्वजनिक भएको तेस्रो दिन रुपन्देही प्रशासनले माघे संक्रान्तिको रिडी मेलामा सडक सुचारु गर्ने तथा लगातार १०० दिनलाई बिभाजन गरेर ५०-५० दिनमा सुक्ष्म अनुगमनपछि मात्र बन्दको निर्णय गर्ने सूचना सार्वजनिक भएको छ । एउटै संघीय सरकार मातहतका दुईवटा प्रशासनको फरक फरक निर्णय आएपछि सर्वसाधारणमा भने अन्यौलता छाएको छ ।

दुईवटा प्रशासन कार्यालयको फरक निर्णय आएपछि प्रशासनको द्वन्द्वका नाममा जनताले दुःख पाउन नहुने पश्चिम नेपाल यातायात प्रालिका अध्यक्ष दधिराम खरेलले बताए । उनले रुपन्देही प्रशासनको निर्णय बस्तुपरक र ब्यवहारिक भएको भन्दै एकै मन्त्रालय अन्तर्गतका प्रशासनले समन्वय गरेर एकीकृत निर्णय गर्न सुझाव दिए ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने पाल्पा प्रशासनको निर्णयको बिपरित निर्णय नगरि त्यसमा केही बुँदाहरुलाई ब्यवहारिक बनाइएको दाबी गरे । उनले पाल्पा प्रशासनको निर्णयमा छुट भएका विषयहरु समावेश गरि सर्वसाधारणलाई सहज हुने र सुरुङ निर्माणको कामलाई पनि अवरोध नहुने गरि निर्णय भएको बताए । सडक बन्द गर्ने तर कामले तिब्रता नपाउने बिगतको परिपाटीलाई ध्यानमा राख्दै सडक बन्द संगै परियोजनाको पनि सुक्ष्म अनुगमन गरि बन्दको अवधिमा कामलाई तिब्रता दिने तर्फ निर्णय लक्षित रहेको उनले बताए ।

पाल्पा प्रशासनले बन्दको अवधिमा बैकल्पिक सडकको ब्यवस्था छुटाएको तथा सडक प्रयोगकर्ताहरुलाई समस्या पर्दा सम्पर्क ब्यक्ति नतोकेकोमा रुपन्देही प्रशासनले योजना कार्यालयका इन्जिनीयर सबिता ज्ञवालीलाई फोकल पर्शन तोक्दै सडक प्रयोगका क्रममा समस्या परे २४ सै घण्टा सम्पर्क गर्न सकिने ब्यवस्था गरेको छ ।

५० दिनमा कामको प्रगतीको अवस्था अनुगमन गरि थप ५० दिन सडक बन्दको निर्णय गरिने प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

रुपन्देहीले सडक बन्द हुने एक सय दिनलाई दुई चरण (५०–५०दिन) मा विभाजित गरी प्रत्येक हप्ता कामको प्रगतिको सुक्ष्म अनुगमन गरेर मात्र अर्को निर्णय गर्नुपर्ने निर्णय गर्नुका साथै कामको प्रगति तथा समग्र प्रभावको सुक्ष्म अनुगमनका आधारमा दोस्रो चरणको आवागमन बन्द गर्ने निर्णयलाई आवश्यकता अनुसार थप परिमार्जन गर्ने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ९ : ५७ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले