२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

आजको मौसम : ४ प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने



काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । यद्यपि आज दिउँसोबाट पश्चिमी वायुको आंशिक प्रभाव पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

शनिबार बिहानसम्म देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका जिल्लामध्ये केही स्थानमा हल्कादेखि मध्यम हुस्स तथा कुहिरो लागेको छ ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार शनिबार राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ७ : ४५ बजे

बंगलादेशमा जस्तै नेपालमा पनि आगो लगाउने र कुशासन चलाउनेहरू हार्नेछन् : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मतदाताका कुरा सुन्दै, योजना सुनाउदै विश्वदीप

बुटवल । रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले

युवामा नेतृत्व विकास गर्न ‘इमर्जिङ युथ स्पिकर सिजन थ्रि’ सम्पन्न, निश्चल भट्टराई प्रथम

बुटवल । युवाहरूमा नेतृत्व क्षमता, आत्मविश्वास र सार्वजनिक अभिव्यक्ति सीप