२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

अवैध उत्खननमा संलग्न वडा अध्यक्ष रिहाईको माग गर्दै मेयरको नेतृत्वमा सडक जाम



सिरहा। चुरे तथा वन क्षेत्रबाट अवैध उत्खनन्को सिफारिस गरेको अभियोगमा पक्राउ परेका वडा अध्यक्षलाई तत्काल रिहाई गर्न माँग गर्दै कर्जन्हा नगरपाकिला मेयरसहितका जनप्रतिनिधीले सडक जाम गरेका छन्।

कानुन विपरित उत्खनन् सिफारिस दिएको अभियोगमा पक्राउ परेका कर्जन्हा नगरपालिका वडा नम्बर १ अध्यक्ष फणिन्द्र प्रसाद पोखरेललाई तत्काल रिहाईको माँग गर्दै नगर प्रमुख भोला प्रसाद पोखरेलको नेतृत्वमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत कर्जन्हाको बन्दिपुरमा सडक जाम गरेको हो।

सडक जामका कारण सयौं सवारी साधन र हजारौंको संख्यामा यात्रुहरु अलपत्र परेका छन्। विभिन्न कामले हिडेका यात्रुहरु विनाकारण विच बाटोमा विचल्लिमा परेका छन्।

वडा अध्यक्ष पोखरेललाई डिभिजन वन कार्यालय लहान सिरहाले शुक्रवार पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राखेको छ। वन क्षेत्रभित्रको जग्गामा पोखरीखन्ने गैरकानूनी ढङ्गले सिफारिस दिएको भन्दै वन कार्यालयले वडा अध्यक्ष पोखरेललाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी टेकुनन्द इवा लिम्वुले सडक खुलाउने प्रयास भईरहको जनकारी दिए।

प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले सवैले आ–आफ्नो अधिकारक्षेत्र भित्र रहेर कामगर्नु पर्ने भन्दै वन कार्यालयले अधिरकार क्षेत्र नाघेको बताए। उनले भने सवैले आ–आफ्नो अधिकारक्षेत्रमा रहेर काम गर्नु पर्छ, निजी जमिनमा खन्दा पनि वनले जनप्रतिनीधि नियन्त्रणमा लिनु अधिकारक्षेत्र वाहिरको काम भएको बताए।

निजी जमिनमा उत्खनन गर्दापनि सरोकारबालाहरुसँगको सहमतिमा प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) गरेरमात्रमात्र उत्खनन गर्न पाउने कानुनी प्रावधान रहेको छ। तर, पोखरी खन्ने र जमिन सरसफाईको नाममा ठेकेदारलाई सिफारिस दिनु गैर कानुनी भएको स्थानीय अकारकर्मीहरुको कथन रहेको छ। उनीहरुले जनप्रतिनिधि र ठेकेदारको मिलेमत्तोमै जथाभावी उत्खनन भईरहेको बताएको छ।

विभिन्न प्रलोभनका कारण सिरहका उत्तरी क्षेत्रका वडाहरुको ग्राभेल उत्खन्न गर्न वडा अध्यक्षहरुले पोखरीको सिफारिस दिने गरेको छ। उत्तरी क्षेत्रमा पानी पोखरी नफष्टाएपनि यहाँबाट ग्राभेल तस्करहरुलाई सहज पार्न वडा कार्यालयको मिलेमत्तोमै पोखरी खन्ने सिफारिस दिनेगरेको स्थानीयको आरोप छ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ७ : ३२ बजे

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की । पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

खासमा बंगलादेशमा भएको के हो ? यताको न्यारेटिभ वार के हो ?

काठमाडौं । युवा विद्रोहले बंगलादेशमा शेख हसिनाको सत्ता पल्टाएको डेढ

खाम मगर सभ्यताको विश्वव्यापी ब्रान्डिङ गरिने छ : प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको ज्यान गयो

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

बंगलादेशमा जस्तै नेपालमा पनि आगो लगाउने र कुशासन चलाउनेहरू हार्नेछन् : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले