१० पुस २०८२, बिहिबार | December 25, 2025

कांग्रेसले आज विशेष पत्रकार सम्मेलन गर्दै



काठमाडौं । नेपाली कांग्रेसले आज विशेष पत्रकार सम्मेलन गर्दैछ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार हिजो सम्पन्न केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न तथा भोलि (पौष १६) को राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमका बारेमा जानकारी गराउन विशेष पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

पुस १२ गतेदेखि बसेको बैठकले राष्ट्रियसभामा उम्मेदवार छनोटमा मापदण्ड तय गरेको थियो । जसमा अवसरबाट वञ्चित र प्रतिष्ठितलाई समेट्ने तथा समावेशी प्रतिनिधित्व गराउने निर्णय भएको छ ।

बैठकले सरकारलाई काममा सुधार आवश्यक रहेको निष्कर्षसहित सुशासन र जनअपेक्षाअनुसार काम गर्न सुझाव समेत दिएको छ । यस्तै, भ्रातृ संस्थाहरूको ६ महिना म्याद थप गरी यथाशीघ्र महाधिवेशन सम्पन्न गराउने निर्देशन थिएको छ ।

महासमिति बैठक फागुन ७ देखि १० सम्म ललितपुरमा गर्ने निर्णय अनुमोदन, समुदायमा कांग्रेस अभियानलाई माघ ७ देखि २२ सम्म सञ्चालन गर्ने निर्णय समेत कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गरेको छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ८ : ०९ बजे

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गरे यसपटक चुनाव नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा यसपटक

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई बालेनले भने- म राजनीतिमा आएँ, अभिभावक बनेर सरसल्लाह दिनुपर्‍यो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा