१० पुस २०८२, बिहिबार | December 25, 2025

‘सुशासन र समृद्धिका विषयमा दलहरु एक हुनुपर्छ’



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, सुशासन र समृद्धिका सवालमा राजनीतिक दलहरु एक ठाउँमा हुनुपर्ने बताएका छन ।

नेपाली कांग्रेसले ४८ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले अब औद्योगिक र कृषि क्षेत्रमा आधुनिकीकरण गर्न सबै दलबीच एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याए ।

राष्ट्रियताको रक्षा गर्न कांग्रेसका संस्थापक नेता बिपी कोइराला स्वदेश फर्किएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष ओलीले भने, “पुर्खाले जोगाएको राष्ट्रियता रक्षा गर्नु हाम्रो कर्तव्य र दायित्व हो, लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, तर यसको रक्षाका लागि एकता आवश्यक छ, हामी एक छौँ ।” उनले सुशासन, विकास निर्माण, सामाजिक न्यायमा सहमति र मेलमिलापको आवश्यकता रहेको धारणा व्यक्त गरे ।

कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायत नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको दिनको सम्झनामा हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका बिपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेताहरु खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताहरु मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवनपछि २०३३ साल पुस १६ गते स्वदेश फर्किएका थिए ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ७ : ०० बजे

एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

काठमाडौ । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव भएका 

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई-रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छ : प्रधानमन्त्री कार्की

। प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

१७ वर्षपछि स्वदेश फर्किए तारिक रहमान, ढाकामा भव्य स्वागत

ढाका । बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का कार्यवाहक अध्यक्ष तारिक

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी । उत्तर कोरियाले आणविक-सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको