४ पुस २०८२, शुक्रबार | December 19, 2025

दिल्लीका मुख्यमन्त्रीको घर प्रहरी घेराबन्दीमा, उनलाई पक्राउ गर्न सक्ने आपको नेताको दावी



नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमाथि आज गिरफ्तारीको सम्भावना बढेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बुधबार तेस्रो पटक दिल्ली एक्साइज नीति घोटाला मामिलामा प्रवर्तन निदेशालय (ईडी) को अनुरोधलाई बेवास्ता गरेका थिए ।
त्यसपछि पार्टी नेताहरूले दाबी गरे कि ईडी टोलीले सीएम केजरीवाललाई उनको घरबाट पक्राउ गर्न सक्छ । आप स्रोतका अनुसार प्रहरीले दिल्लीको मुख्यमन्त्रीको घर जाने दुवै बाटो बन्द गरेको छ । मुख्यमन्त्री निवासका कर्मचारीलाई पनि त्यहाँ जान रोक लगाइएको छ भने सञ्चारकर्मीलाई मुख्यमन्त्री केजरीवालको घर बाहिर जान अनुमति दिइएको छ । तर मुख्यमन्त्रीको घरबाहिर प्रहरीको ब्यबस्था रहेको छ र मिडियाका लागि छुट्टै ठाउँको व्यवस्था गरिएको छ, जुन सामान्य दिनमा हुँदैन ।
यसैबीच, आम आदमी पार्टीका नेताहरूले प्रवर्तन निर्देशनालयले आज अरविन्द केजरीवाललाई पक्राउ गर्न सक्ने दाबी गरेका छन् । आप नेता तथा मन्त्री आतिशीले ट्विट गर्दै यो दाबी गरेका हुन् ।
ईडीले बुधबार आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई तेस्रो नोटिस पठाएको थियो । यसअघि २ नोभेम्बर र २१ डिसेम्बरमा पनि दिल्लीका मुख्यमन्त्रीलाई सोधपुछका लागि बोलाइएको थियो । उनले ईडीमा उपस्थित हुन अस्वीकार गरेका थिए। धेरै आप नेताहरूले बुधबार भनेका थिए कि अनुसन्धान एजेन्सीले आज बिहान अरविन्द केजरीवालको घरमा छापा मार्नेछ, त्यसपछि उनलाई पक्राउ गर्न सकिन्छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  १० : १८ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ