२९ असार २०८३, सोमबार | July 13, 2026

‘हेटौँडाको सडक विस्तारमा सहयोग गर्न आग्रह’



मकवानपुर । बागमती प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौँडा बजार क्षेत्रका सडक विस्तारमा सहयोग गर्न आग्रह गरेका छन । मकवानपुर उद्योग वाणिज्य सङ्घको ५७ औँ वार्षिक साधारणसभामा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारको अधिकारभित्र नपरे पनि प्रदेश राजधानी क्षेत्रका सडक विस्तार गर्नुपर्नेमा जोड दिए ।

आफूले व्यवसायीको मर्का र समस्यालाई नजिकबाट बुझेको उल्लेख गर्दै मुख्यमन्त्रीले विकास सम्भव छ, यही सरकारबाट विकासले तीव्रगति लिने बताए । प्रदेशभित्रका ठूला उद्योग र औद्योगिक क्षेत्र प्रदेश मातहत ल्याउन नसक्नुको कारण जग्गा, विद्युत्, राजस्व सङ्घीय सरकार मातहत रहनु हो भन्दै उहाँले प्रदेश सरकार १० ठाउँमा उद्योग ग्राम र कोसेलीघर निर्माणको तयारी रहेको बताए ।

प्रदेश सरकारलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्यमा उद्योग वाणिज्य सङ्घको पनि सहयोग आवश्यक पर्ने बताउँदै मुख्यमन्त्री जम्कट्टेलले उत्पादन र व्यवसायको मोडल परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले सरकार र निजी क्षेत्रबाट कृषि, पर्यटनपछि व्यापार–व्यवसाय वृद्धि गर्न युवा जनशक्तिलाई प्रयोग गर्न आग्रह गरे ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ६ : ४५ बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले