२ फाल्गुन २०८२, शनिबार | February 15, 2026

राष्ट्रियसभा उम्मेद्वार चयनमा गगन थापाको ‘नोट अफ डिसेन्ट’



काठमाडौं । मध्यरातसम्म बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवाले चाहेअनुसार राष्ट्रियसभा उम्मेद्वार चयन भएपछि महामन्त्री गगन थापाले फरक मत राखेका छन् ।

उम्मेदवारी चयन गर्ने विषयमा बैठक सुरु भएदेखि नै संस्थापन र शेखर कोईराला समूह बीचमा लफडाबाजी नै परिरहेको थियो ।

त्यो लफडाबाजी यतिसम्म भयो कि कोईरालाले आफ्नो पक्षले ९ सिट मध्ये ४ सिट नपाए निर्णय प्रक्रियामा भाग नलिने भन्दै कोईराला बैठक नै छाडेर हिडे । बैठक छाडेर हिडेका कोईरालालाई मनाउनका लागि सभापति देउवालाई रातभर लाग्यो ।

र, बिहान झिसमिसेमा सत्तारूढ गठबन्धनको कोटामा पाएको १० सिटका लागि नाम टुंगियो र प्रेसलाई बिहान ६स्२९ बजे मुख्यसचिब कृष्णप्रसाद पौडेलले ईमेलमार्फत जानकारी गराए।

तर, बिहान भएको निर्णयमा भने महामन्त्री गगन थापाले असन्तुष्टी जनाएका छन्। बहुमतको निर्णय मान्ने भन्दै उनले २ बुदेँ फरक मत दर्ज गराएका हुन् ।

यस्तो छ उनको फरक मत :

‘हाम्रो संविधानले राष्ट्रिय सभामा खासगरी प्रतिनिधिसभामा प्रतिनिधित्व हुन नसकेमा जाती, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका एवं विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरेको छ ।

यसैगरी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पौष १२–१४ गतेसम्म बसेको बैठकले राष्ट्रिय सभाको उम्मेदवार चयन सम्बन्धमा ‘हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वन्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने’ लगायतको मापदण्ड तय गरेको थियो तर आजको बैठकले उम्मेदवारको चयन गर्दा माथि उल्लेखित पक्षमा यथेष्ट ध्यान पुर्‍याउन सकेन ।’

‘निर्णयले पार्टीमा कुनै पनि आग्रह नराखिकन निर्णय हुन्छ, सबै तह र तप्काका साथीहरूलाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुनः एकपटक खण्डित गरेको छ । यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउँछ,

अतः आजको निर्णयप्रति मेरो लिखित असहमति रहेको छ । मेरो असहमतिको बाबजुत बैठकमा बहुमतले गरेको निर्णय कार्यान्वयनमा जाँदा मेरो पूर्ण संलग्नता रहने नै छ ।’

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ८ : ५० बजे

रहेनन् राजनीतिज्ञ विश्वबन्धु थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पुराना राजनीतिज्ञ

निर्वाचन प्रयोजनका लागि बाँकेमा आठ उम्मेदवारको मात्र बैङ्क खाता

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार

महाशिवरात्रीमा होटल पौवाका सबै शाखाहरुमा धुनी जगाउँदै भजनकिर्तन गरिने

नेपालगन्ज । होटल पौवाले यसवर्ष पनि महाशिवरात्रि पर्वलाई देशभरका शाखाहरुमा

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की । पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

खासमा बंगलादेशमा भएको के हो ? यताको न्यारेटिभ वार के हो ?

काठमाडौं । युवा विद्रोहले बंगलादेशमा शेख हसिनाको सत्ता पल्टाएको डेढ