७ पुस २०८२, सोमबार | December 23, 2025

हाउस अफ व्युटीद्वारा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण



बुटवल । विभिन्न प्रकृतिको सौन्दर्यकला सम्बन्धी तालिम लिएका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । बुटवलको विपी चोकमा रहेको हाउस अफ व्युटीको आयोजनामा संस्थामा तालिम लिएका प्रशिक्षार्थीहरुलाइ प्रमाणपत्र प्रदान गरिएको हो ।

अन्तराष्ट्रिय मेकअफ आर्टिस तथा प्रशिक्षक सोनिस्ता लामा चन्द र सिईयो डा. दिपेन्द्र चन्दले आईतबार एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र वितरण गरेका छन । १० दिन देखि ३ महिना सम्मको तालिम लिएका १ सय ५ जना नेल आर्टिस, हेयर आर्टिस, मेकअप आर्टिस, ब्युटिसियनलाई प्रमाण पत्र वितरण गरिएको हुन ।

कपिलवस्तुको चार नम्बर जीतपुरमा हाउस अफ व्युटीको मुख्य कार्यालय रहेको छ भने बुटवलको विपी चोकमा शाखा कार्यालय रहेको छ । यो भन्दा पहिला काठमाडौंमा २ पटक, चितवन र हेटौडामा १/१ पटक मेकअप सेमिनार समेत सम्पन्न गरिसकेको अन्तराष्ट्रिय मेकअप आर्टीस् तथा प्रशिक्षक सोनिस्ता लामा चन्दले जानकारी दिईन । उनले ब्राजिल, सिंगापुर र रसियाकाबाट अन्तर्राष्ट्रिय ब्युटि तालिम समेत लिईसकेकी छिन् ।

हाल सम्म ४ हजार बढिलाई तालिम प्रदान गरिसकेको जानकारी दिदै उनले अहिले भने हेयर, नेल, मेकअफ, स्कीन लगायतका विभिन्न विधामा तालिम प्रदान गरिएको जानकारी दिइन ।

तालिममा प्रमाणपत्र प्रदान गर्दै हाउस अफ व्युटीका मुख्य सञ्चालक समेत रहेकी चन्दले सिकेको सिपलाई व्यवहारमा लागू गरेर सौन्दर्यकला व्यावसायबाट राम्रो आम्दानी गर्न सकिने बताएकी थिईन । यो तालिममा काठमाडौं, ताप्लेजुङ, सुर्खेत, चितवन, गुल्मी, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लाबाट प्रशिक्षार्थीहरु सहभागी रहेका थिए ।

प्रशिक्षक सोनिस्ता लामा चन्दका अनुसार हाउस अफ व्युटीमा हाल १३ जना भन्दा बढिले रोजगारी समेत पाएका छन् । चन्दका अनुसार प्रमाणपत्र वितरण कार्यक्रममा कर्मचारीहरुलाइ समेत सम्मान गरीएको जानकारी दिए ।

हाउस अफ व्युटीले अन्तराष्ट्रिय स्तरको व्युटी पार्लर सम्बन्धि सबै तालिम प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ३ : १३ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत