९ पुस २०८२, बुधबार | December 25, 2025

बुटवलका तत्कालीन नापी निरीक्षक मरासिनीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । नापी कार्यालय बुटवल रुपन्देहीका तत्कालीन नापी निरीक्षक ध्रुवराज मरासिनीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा भ्रटाचार मुद्दा दायर गरेको हो ।

सरकारी कागजात सच्याई गैरकानुनी लाभ लिएको आरोपमा उनीहरुविरुद्द भ्रष्टाचार मुद्दा चलाइएको छ । नापी निरीक्षक मरासिनीसहित तत्कालीन सर्वेक्षक शिवनाथ मण्डल, तत्कालीन अमिन शौकत अलि खाँ, जग्गाधनी नन्दबहादुर काला थापा र मानबहादुर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

बुटवल उपमहानगरपालिका-१३ को सार्वजनिक जग्गा बुटवल क्षेत्र हेर्ने नापी कार्यालयका अमिनले अन्य जग्गाधनीहरुसँग मिलेमतो गरी उक्त जग्गा फिल्डमा नभएको जानकारी गराएको भन्दै अख्तियारमा उजुरी परेपछि छानबिन सुरु भएको थियो ।

सो क्रममा सार्वजनिक जग्गा व्यक्तिको नाममा कायम गराएर भ्रष्टाचार गरेको पाइएपछि उनीहरुविरुद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

तत्कालीन नापी निरीक्षक मरासिनीले सार्वजनिक बाटो कायम रहेको किता नम्बर ४८६३ को जग्गालाई २०६३ असोज २९ गते ट्रेस नक्सा तयार गर्दै कित्ताकाट गरी कित्ता नम्बर ५९७८ र ५९७९ कायम गराउका थिए ।

कायम हुन आएको कित्ता नम्बर ५९७९ लाई साविक जग्गाधनी कै नाउँमा कायम गरिएको तर कित्ता नम्बर ५९७८ लाई फाईल नक्सा नम्बर ५९८ मा पारी साविकका जग्गाधनी हुँदै हालका जग्गाधनीलाई बिक्री गरिएको थियो ।

यसरी सार्वजनिक बाटो रहेको जग्गालाई कित्ताकाट गरी व्यक्ति विशेषमा दर्ता गरी भ्रष्टाचार गरेको पाइएपछि उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।

सरकारी नक्सा नम्बरसमेत फरक पारी कित्ता नम्बर ३०४७ लाई फिल्डबाट नै गायब गराउने गरी प्रमाणित गर्ने कार्य समेत भएको पाइएको छ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ५ : १९ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना