१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

नेपालगन्ज नाका भएर नेपाल भित्रिनेहरुलाई आजबाट ‘राष्ट्रिय झण्डा’को स्वागत



नेपालगन्ज । नेपालगन्ज नाका भएर नेपाल फर्कने जो कोहीलाई अवदेखि सीमानाकामा नेपालको राष्ट्रिय झण्डाले स्वागत गरिने भएको छ । सीमानाकाको नेपाल प्रवेशद्वारमा नेपालको राष्ट्रिय झण्डा फहराइएसँगै नेपाल प्रवेश गर्ने जो कोहीले अवदेखि नेपाली राष्ट्रिय झण्डाको स्वागत पाउने भएका हुन् ।

नेपाली कलात्मक शैलीमा निर्मित नेपालगन्जस्थित जमुनाहामा रहेको नेपाल-भारत प्रवेशद्धारलाई चिटिक्क पारिएको छ भने त्यससँगै आज प्रवेशद्वारमा राष्ट्रिय झण्डा फहराइएको छ । नेपालगन्ज उपमहानगरपालिका र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासबाट प्रवेशद्वारमा रंगरोगन गरिएपछि सिमा प्रवेशद्धारको स्वरुप फेरिएको छ । वर्षौदेखी रंगरोगन नहुँदा प्रवेशद्धाको सौन्दर्य बिग्रिएको थियो ।

आज एक कार्यक्रमकाबीच नगर प्रमुख प्रशान्त विष्ट, सशस्त्र प्रहरी बल नेपाल विन्ध्यावासिनी बाहिनीका बाहिनीपति एवम् डिआईजी अभिकुमार खत्री र बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले संयुक्तरुपमा झण्डा फहराएका हुन् ।

उक्त कार्यक्रमलाई बोल्दै नगर प्रमुख विष्टले मुलुकको पहिचान झल्काउने राष्ट्रिय झण्डाले नेपालीहरुको आत्मसम्मानलाई अझ बलियो बनाउने बिश्वास ब्यक्त गरे । एक देशबाट अर्को देशमा प्रवेश गर्ने ठाउँलाई रंगरोगन सहित झण्डा फहराएर सकारात्मक सन्देश दिइएको उनले बताए ।

डिआईजी खत्रीले सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा सौन्दर्यकरण गर्ने कार्यलाई अभियानकै रुपमा अगाडि बढाएको बताए । सरकारले यसैवर्ष देखि सीमानाकाका सीमा स्तम्भहरुको रंगरोगन गर्ने जिम्मेवारी सशस्त्र प्रहरीलाई दिएको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले सीमा क्षेत्रमा सौन्दर्यकरण गरेर राम्रो कामको सुरुवात भएको धारणा राखे ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख (एसपी) रमेशकुमार शाहीले देशमै पहिलोपटक नेपालगन्ज नाकाबाट यस्तो कामको सुरुवात भएको दाबी गरे ।

यसैबीच सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको सौजन्यमा जमुनाहा नाकामा शुद्ध खानेपानी सेवाको आरम्भ गरिएको छ । नाका भएर आवतजावत गर्ने व्यक्तिहरुलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले खानेपानीको सेवा आरम्भ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक शाहीले बताए ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ९ : ०० बजे

यस्तो छ नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

काठमाडौँ । नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त हुनुभएको

शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी

काठमाडौं । राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा

सुनको मूल्य ४ हजार ६ सयले घट्यो, चाँदीको मूल्यमा पनि सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

रास्वपाद्वारा १० मन्त्रीको टुंगो, गृहमन्त्री बन्नेभए सुदन गुरुङ

काठमाडौं । अन्ततः बालेन्द्र शाहको अडान र सुदन गुरुङको दबाबबाट

बालेन्द्र शाह ४३औँ प्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं संसदीय