२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

नेपालगन्ज हुँदै नेपाल भित्रिएको ८५ हजार केजी गुणस्तरहिन चामल भारत फिर्ता



नेपालगन्ज । चाडवाडको मौका छोपी नेपालगन्जका स्थानीय व्यापारीले व्यवसायीक प्रयोजनका लागि भारतवाट पैठारी गरी भन्सार नाकामा ल्याइएको गुणस्तरहिन चामल भारतमै फिर्ता गरिएको छ ।

चाडबाडको मौका छोपेर स्थानीय ब्यवसायीले नेपालगन्ज नाका हुँदै भित्राएको ८५ हजार केजी चामल नेपालगन्ज एकीकृत जाँच चौकी स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, नेपालगन्जले परिक्षण गर्दा नेपाल सरकारले चामलको लागि तोकेको अनिवार्य मापदण्ड बमोजिम न्यूनस्तर पाइएकोले भारत तर्फ नै फिर्ता गरिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण बिभागले जनाएको छ ।

विभागले आयात गर्न नमिल्ने भन्दै नेपालगन्ज भन्सार कार्यालयलाई प्रतिवेदन पठाएकोमा उक्त न्यूनस्तर चामलको कन्साइन्मेन्ट निर्यात गर्ने देशमै फिर्ता गरेको व्यहोरा भन्सार कार्यालयले जनाएको विभागद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत भन्सार नाकास्थित १२ वटा खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयहरुले काँकडभित्ता, रानी विराटनगर, जलेश्वर, वीरगन्ज, बेलहिया भैरहवा, कृष्णनगर, नेपालगञ्ज, धनगढी, गट्टाचौकी महेन्द्रनगर, तातोपानी, टिमुरे, रसुवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका प्रयोगशालाहरुबाट भन्सार बिन्दुमै खाद्य पदार्थहरुको गुणस्तर परीक्षण तथा नियमन कार्य नियमित रुपमा गर्दै आईरहेको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १३ को उपदफा (१) बमोजिम खाद्य पदार्थको पैठारी गर्न चाहने खाद्य व्यवसायीले खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयवाट स्वीकृति लिनुपर्ने र उपदफा (२) बमोजिम खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयवाट प्रवेश अनुमति लिनुपर्ने अनिवार्य व्यवस्था गरेको छ। सो बमोजिम नगरेमा ऐन बमोजिम कारवाही हुने समेत विज्ञप्ति मार्फत विभागले खाद्य पदार्थ पैठारी गर्ने सम्पूर्ण खाद्य व्यवसायीहरुलाई जानकारी गराएको छ । विभागको विज्ञप्तिमा गुणस्तरहिन चामल पैठारी गर्ने ब्यापारीको नाम भने उल्लेख गरिएको छैन ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  १ : ०० बजे

मादी नदीमा निर्माणाधीन चार लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति

दमौली । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको

हिमालचुलीको रोयल्टी समयमै विभाज्य कोषमा जम्मा गर्न पर्वतारोहण सङ्घलाई आग्रह

काठमाडौं । पर्वतारोहण रोयल्टीबापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा

मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति

मुस्ताङ । पछिल्लो चारवर्षमा यहाँका तीन पालिकामा वन्यजन्तुुको आक्रमणबाट २३९

अमेरिकाले नेपाललाई जितका लागि दियो १९६ रनको लक्ष्य

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजको खेलमा अमेरिकाले

चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण

बेइजिङ । चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा