३१ असार २०८३, बुधबार | July 15, 2026

जेष्ठ शेयर सदस्यलाई सहकारीको सम्मान



खजुरा । खजुरा क्षेत्रको जेठो सहकारीकारुपमा रहेको सहकारी संस्था लिमिटेडले आफ्ना जेष्ठ शेयर सदस्यहरुलाई नगद सहित सम्मान गरेको छ । संस्थाको ३० औं बार्षीक साधारणसभाको अवसरमा ७५ वर्ष पुरा गरेका शेयर सदस्यहरुलाई नगद सहित सम्मान गरिएको हो ।

खजुरामा आयोजित साधारणसभाको उदघाटनसत्रमा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफानले १०२ वर्षीया धनसरि खत्री सहित १२ बढी जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरे । सहकारीले जेष्ठ सदस्यहरुका लागि छुट्टै राहत कोष खडा गरि हरेक वर्ष जेष्ठ शेयरधनीहरुलाई नगद सहित सम्मान गर्दै आएको छ ।

उदघाटन सत्रमा बोल्दै पालिका अध्यक्ष बिकले सहकारी समृद्धिको मुख्य माध्यम बनाउन सकिने बताए । सहकारीसँगको सहकार्यमा गाउँपालिकाकाले आत्मनिर्भरताको कार्यक्रम बनाउने प्रतिबद्धता ब्यक्त गरे ।

६ सय शेयर सदस्य रहेको सहकारीले गत आर्थिक वर्षमा १८ लाख खुद मुनाफा कमाएको संस्थाका अध्यक्ष निर्मल खनालले बताए । पुनर्वास क्षेत्रकै पुरानो सहकारी संस्थाले हाल रासायनिक मल, बिउबिजन, खानापकाउने ग्यास तथा दैनीक जम्मा योजनाको कारोबार गर्दै आएको छ ।

३६ लाख ४७ हजार कुल शेयर पुँजी रहेको संस्थाले ६३ लाख २६ हजार आम्दानी गरि ४४ लाख ४४ हजार खर्च गर्दा १८ लाख खुद आम्दानी भएको संस्थाका ब्यवस्थापक रामप्रसाद शर्माले बताए ।

कार्यक्रममा खजुरा गाउँपालिकाकी उपाध्यक्ष मन्जु मल्ल, सहकारीका जिल्ला प्रतिनिधि एवं प्रखर परोपकार मिशन नेपालका अध्यक्ष महेन्द्र मल्ल लगायतले अन्य सहकारीहरुले बदनामी कमाइरहेका बेला खजुराको सहकारीले पारदर्शिता कायम गर्दै सफलता हासिल गरेको भन्दै ब्यवस्थापनको प्रशंसा गरेका थिए ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  १० : १५ बजे

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत

बुटवलमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, ६ लाखभन्दा बढी नक्कली नोट बरामद

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ नेपालगञ्जरोडस्थित एक पसलबाट नक्कली नेपाली

एक खर्ब निक्षेप सङ्कलन गर्न राष्ट्र बैंकको बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप

उचित मूल्य र बजार नपाएको भन्दै माईतीघरमा गोलभेँडा फालेर किसानको प्रदर्शन

काठमाडौं । स्वदेशी कृषि उत्पादनले उचित मूल्य र बजार नपाएको

ग्यासमा हुने कालोबजारी र पुराना सिलिन्डर नियन्त्रण गर्न समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित