७ पुस २०८२, सोमबार | December 22, 2025

बङ्गलादेशको चुनाव स्वतन्त्र र निष्पक्ष छैन : अमेरिका



वाशिङ्गटन डीसी । संयुक्त राज्य अमेरिकाले आइतबार सम्पन्न बङ्गलादेशको आम चुनाव स्वतन्त्र र निष्पक्ष नभएको धारणा व्यक्त गरेको छ । अमेरिकाले चुनावमा सबै दलले भाग नलिएको विषयमा दुःख समेत व्यक्त गरेको छ ।

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले विपक्षीदलले बहिष्कार गरेको चुनावमा अवामी लिग पार्टीका तर्फबाट संसद्को आधाभन्दा बढी सिट जितेर लगातार चौथो कार्यकालका लागि बहुमत प्राप्त गरेकी छिन ।

संयुक्त राज्य अमेरिकाले पर्यवेक्षकहरूसँग चुनाव स्वतन्त्र तथा निष्पक्ष नभएको धारणा व्यक्त गर्दै अमेरिकी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत गहिरो खेद व्यक्त गरेको छ । विज्ञप्तिमार्फत अमेरिकाले बङ्गलादेशका जनताका लागि लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताका लागि भने पूर्ण समर्थन रहेको बताएको छ ।

हाल जेलमा रहेकी पूर्व प्रधानमन्त्री खालिदा जियाको नेतृत्वको बङ्गलादेश नेसनलिस्ट पार्टीको बहिष्कार बीच आइतबार सम्पन्न निर्वाचनमा शेख हसिना पाँचौं कार्यकालका लागि पुनः निर्वाचित भएकी हुन ।

अमेरिकाले राजनीतिक गिरफ्तारी तथा अनियमितताका साथै निर्वाचनका समयमा भइरहेका हिंसाको पनि निन्दा गरेको छ । अमेरिकाले बङ्गलादेशी सरकारलाई हिंसाको छानविनका लागि आग्रह गरेको छ ।

यसैगरी अमेरिका स्वतन्त्र र खुला इन्डो-प्यासिफिकको साझा दृष्टिकोणलाई अगाडि बढाउन बङ्गलादेशसँग साझेदारी गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । अमेरिका स्वतन्त्र र खुला इन्डो-प्यासिफिकको लागि साझा दृष्टिकोणलाई अगाडि बढाई, बङ्गलादेशमा मानव अधिकार र नागरिक समाजलाई समर्थन गर्दै जनताको आर्थिक सम्बन्धलाई सुदृढ गर्न साझेदारी गर्न प्रतिबद्ध भएको पनि अमेरिकाले जनाएको छ ।

डेली स्टारका अनुसार, शेख हसिनाको पार्टीले १२ औं संसदीय चुनावमा लगातार चौथो कार्यकाल जितेको छ । जुन चुनावमा सन् १९९१ मा प्रजातन्त्रको पुनः स्थापनापछि दोस्रो सबैभन्दा कम मतदाताको सहभागिता रहेको जनाईएको छ ।

प्रमुख विपक्षी बीएनपी र अन्य १५ दलको बहिष्कार बीच अवामी लिगले पाँच निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । विजयपछि, हसिनाले बङ्गलादेशका जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दै, बारम्बार मतदान गर्ने नागरिकहरू प्रति आफ्नो जिम्मेवारी बोध भएको बताएकी छिन ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ३ : ५९ बजे

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८

काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

मनाङ । जिल्लाको चामे गाउँपालिका-४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले