९ पुस २०८२, बुधबार | December 25, 2025

डेडिकेटेड र ट्रंक लाइन महसुल छानबिन गर्न आयोग गठन, काटिएको लाइन जोडिने



काठमाडौं । सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादबारे छानबिन गर्न आयोग गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको हो । आयोगको सदस्यमा उर्जा मन्त्रालयका सहसचिव र उद्योग मन्त्रालयका सहसचिव जिवलाल भुसाल रहेका छन् ।

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङका बेला लिएको डेडिकेटेड र ट्रंक लाइन विद्युत् सुविधाको महसुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिरणले ६१ उद्योको लाइन काटन् थालेपछि विवाद बढेको थियो । प्राधिकरणले पछिल्लो दुइसातमा २४ उद्योगको लाइन काटिसकेको छ ।

बैठकले हाल काटिएका उद्योगको लाइन तत्काल जोड्न प्राधिकरणलाई निर्देशन दिएको छ । आयोगको प्रतिवेदन आएपछि त्यसअनुसार हुने भन्दै हाल तत्कालका लागि काटिएको विद्युत लाइन जोड्न निर्देशन दिने निर्णय भएको हो ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ५ : २० बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना