३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

मगर संघ युएईले माघे सक्रान्तिमा साँस्कृतिक कार्यक्रम गर्दै



युएई । मगर संघ युएईले मगरहरुको राष्ट्रिय पर्व माघे सक्रान्ति विविध कार्यक्रमसहित भव्यताका साथ मनाउने भएको छ । ‘बालबालिका भविष्यका कर्णधार, शिक्षामा लगानी समाज रुपान्तरणको मुल आधार’ भन्ने मूल नारासहित युएईको बरदुबई स्थित याक एण्ड यति क्लब एभरेष्टमा विभिन्न साँस्कृतिक कार्यक्रमसहित मनाउने तयारी भएको हो ।

१४ जनवरी आइतबार हुने कार्यक्रममा नेपालका राष्ट्रिय कलाकारहरुका साथै नेपाल मगर संघ साँस्कृतिक केन्द्रका महासचिव डोलराज बारघरे मगर, प्रख्यात थाली नाच नृत्याङ्गाना एलिजिवा पुन मगर, लोक दोहोरी गायिका तारा लामिछाने मगर साथै मगर पन्चेबाजा, स्थानीय कलाकारहरु लाङ्गघाली संगीत संसार युएई, नेप्लिज डान्स ग्रुप युएई, मगर ब्रदर्श युएईको प्रस्तुती रहने भएको छ ।

कार्यक्रममा मगर समुदायका मौतिक परिकारहरु समेत उपलब्ध रहने नेपाल मगर संघ युएई शाखाका महासचिव होम रजाली मगरले जानकारी दिए ।

“यो पर्व मनोरञ्जनमा मात्रै सीमित नरहेर आफ्नो जातीय पहिचान, कला सँस्कृती साथै आपसी सद्भावका लागि हुने छ ।’- कार्यक्रम संयोजक बिष्णु राना मगरले भनिन् । कार्यक्रमबाट प्राप्त रकमको केही प्रतिशत रकम नेपालको दुर्गम ठाउँमा रहेका विद्यालयलाई प्रदान गरिने अध्यक्ष नयन घर्तिमगरले जानकारी दिए ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ३ : २० बजे

नेपाल राष्ट्र बैंक ऐन दशौँपटक संशोधनको तयारी, मस्यौदामाथि सार्वजनिक सुझाव माग

काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकसम्बन्धी विद्यमान कानुनी संरचनामा

टी-२० क्रिकेट विश्वकप : वेस्ट इन्डिजसँग पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरियो

काठमाडौँ । टी-२० क्रिकेट विश्वकपमा नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले

१३२ केभी प्रसारणलाइनको आजदेखि परीक्षण सुरु

गुल्मी । नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण

दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालद्वारा वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत आइतबार भएको खेलमा अलराउन्डर दीपेन्द्रसिंह

राष्ट्रपति पौडेलद्वारा टुँडिखेलमा महाशिवरात्री बढाइँ अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६३ औँ सेना