३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

मगर संघ युएईले माघे सक्रान्तिमा साँस्कृतिक कार्यक्रम गर्दै



युएई । मगर संघ युएईले मगरहरुको राष्ट्रिय पर्व माघे सक्रान्ति विविध कार्यक्रमसहित भव्यताका साथ मनाउने भएको छ । ‘बालबालिका भविष्यका कर्णधार, शिक्षामा लगानी समाज रुपान्तरणको मुल आधार’ भन्ने मूल नारासहित युएईको बरदुबई स्थित याक एण्ड यति क्लब एभरेष्टमा विभिन्न साँस्कृतिक कार्यक्रमसहित मनाउने तयारी भएको हो ।

१४ जनवरी आइतबार हुने कार्यक्रममा नेपालका राष्ट्रिय कलाकारहरुका साथै नेपाल मगर संघ साँस्कृतिक केन्द्रका महासचिव डोलराज बारघरे मगर, प्रख्यात थाली नाच नृत्याङ्गाना एलिजिवा पुन मगर, लोक दोहोरी गायिका तारा लामिछाने मगर साथै मगर पन्चेबाजा, स्थानीय कलाकारहरु लाङ्गघाली संगीत संसार युएई, नेप्लिज डान्स ग्रुप युएई, मगर ब्रदर्श युएईको प्रस्तुती रहने भएको छ ।

कार्यक्रममा मगर समुदायका मौतिक परिकारहरु समेत उपलब्ध रहने नेपाल मगर संघ युएई शाखाका महासचिव होम रजाली मगरले जानकारी दिए ।

“यो पर्व मनोरञ्जनमा मात्रै सीमित नरहेर आफ्नो जातीय पहिचान, कला सँस्कृती साथै आपसी सद्भावका लागि हुने छ ।’- कार्यक्रम संयोजक बिष्णु राना मगरले भनिन् । कार्यक्रमबाट प्राप्त रकमको केही प्रतिशत रकम नेपालको दुर्गम ठाउँमा रहेका विद्यालयलाई प्रदान गरिने अध्यक्ष नयन घर्तिमगरले जानकारी दिए ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ३ : २० बजे

सीता जयन्तीले नारीमाथि हुने शोषण अन्त्य गर्न प्रेरणा मिल्ने छ : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सीता जयन्तीले नारीमाथि हुने शोषण,

सुसंस्कृत समाज निर्माणका लागि सीताबाट प्रेरणा प्राप्त हुने राष्ट्रपतिको विश्वास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लैङ्गिक विभेदलगायत सबै प्रकारका सामाजिक

पाल्पा बलेरो दुर्घटना अपडेट : १ जनाको मृत्यु, १४ जना घाइते (नामावलीसहित)

तानसेन । पाल्पामा बलेरो जिप दुर्घटना हुँदा एकजना ६ वर्षिय

क्रिमशन अस्पताल १३ औ वर्षमा, बिबिध कार्यक्रम गरि वार्षिकोत्सव मनाइँदै

बुटवल । रुपन्देहीमा स्वास्थ्य सेवा दिँदै आएको क्रिमशन अस्पतालले आफ्नो

दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी

काठमाडौं । एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली