९ कार्तिक २०८३, सोमबार | October 26, 2026

सभामुख चयनपछि अन्त्य भयो कोशी प्रदेशसभाको चौथो अधिवेशन



विराटनगर। कोशी प्रदेश प्रमुख प्रशुराम खापुङले प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गरेका छन् ।

कोशी प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेशसभाको चालू चौथो तथा हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा प्रमुख खापुङले २५ पुस बुधबार मध्यराति १२ बजेदेखि लागू हुने गरी कोशी प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गरेका हुन् ।

यसअघि बसेको कोशी मन्त्रिपरिषद् बैठकले राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०८९र०८० को प्रदेशसभामा पेश गर्ने, कोशी प्रदेश कर तथा गैर कर सम्बन्धी विधेयक मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक तथा कानूनमन्त्री शम्शेर राईले बताएका छन् ।

यस्तै, स्थानीय तह मातहतबाट प्रदेशमा हस्तान्तरण भएर आए पनि मदन भण्डारी ट्रमा अस्पताल मंगलबारेका कर्मचारीहरू स्थानीय तहमा नै रहेकाले समायोजन, व्यवस्थापन तथा संशोधनका सिफारपस गर्ने निर्णय भएको प्रवक्ता राईले बताएका हुन् ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ४ : २७ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको