१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

सभामुख चयनपछि अन्त्य भयो कोशी प्रदेशसभाको चौथो अधिवेशन



विराटनगर। कोशी प्रदेश प्रमुख प्रशुराम खापुङले प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गरेका छन् ।

कोशी प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेशसभाको चालू चौथो तथा हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा प्रमुख खापुङले २५ पुस बुधबार मध्यराति १२ बजेदेखि लागू हुने गरी कोशी प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गरेका हुन् ।

यसअघि बसेको कोशी मन्त्रिपरिषद् बैठकले राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०८९र०८० को प्रदेशसभामा पेश गर्ने, कोशी प्रदेश कर तथा गैर कर सम्बन्धी विधेयक मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक तथा कानूनमन्त्री शम्शेर राईले बताएका छन् ।

यस्तै, स्थानीय तह मातहतबाट प्रदेशमा हस्तान्तरण भएर आए पनि मदन भण्डारी ट्रमा अस्पताल मंगलबारेका कर्मचारीहरू स्थानीय तहमा नै रहेकाले समायोजन, व्यवस्थापन तथा संशोधनका सिफारपस गर्ने निर्णय भएको प्रवक्ता राईले बताएका हुन् ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ४ : २७ बजे

गत आर्थिक वर्षमा बजेट खर्च ८० प्रतिशत मात्र, राजस्व असुली ८३ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको आम्दानी र

सुनको मूल्य प्रतितोला तीन हजार १०० ले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

श्रीलंकामा प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्री शाहले आज जुत्ता व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिका संस्था

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई