१६ बैशाख २०८२, मंगलबार | April 29, 2025

चिसो बढेसँगै सिरहाको जनजीवन प्रभावित



सिरहा। तराईमा पछिल्लो एक सातादेखि चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गइरहेको छ। कुहिरोसँगै लागातारको हावा र शीतलहरले चिसो बढेपछि सिरहासहित मधेश प्रदेशको जनजीवन कष्टकर बन्दै गएको हो।

चिसोका कारण जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालयरु बन्द रहेका छन्। चिसोले गर्दा हाटबजार, सार्वजनिक स्थलहरुमा चहलपहल कम भएको छ।

चिसोका कारण बालबालिका, बृद्धबृद्धा, दम, मुटुरोगीलगायत बढी प्रभावित भएका चिकित्सकहरु बताउँछन्। चिकित्सकहरुले यस्तो समयमा न्यानो कपडा लगाउने, अनावश्यक घरबाहिर नजाने र तातो र झोलिलो खानेकुरा खान सुझाएका छन् ।

चिसो बढेपछि सिरहाको गोलबजार नगरपालिका र इलाका प्रहरी कार्यालयले चोक तथा सार्वजनिक स्थाानहरुमा आगो ताप्नको लागि दाउरा वितरण गरेको छ। अहिले तराईको अधिकांश भू(भागहरुमा हुस्सु तथा शीतलहरको अवस्था रहेको छ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ४ : ५७ बजे

बाह्य मुलुकतर्फ लैजान लागेको नगद सहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानमार्फत अबैध पैसा लान

कञ्चनपुर-कमला सडक विस्तार : लहानको सहिद स्मारक स्थानान्तरण गरिने

सिरहा । लहानको मुख्यचोकमा रहेको सहिद स्मारकलाई स्थानान्तरण गरिने भएको

९ वर्षीय बालकको गाडिएको अवस्थामा शव भेटियो

कोहलपुर । दोस्रो बुवा र आमासँग बस्दै आएका एकजना ९

शिक्षक र सरकारबीच वार्ता असफल, आन्दोलन आज पनि जारी रहने

काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ र सरकार बीचको वार्ता सफल