८ चैत्र २०८२, आइतबार | March 22, 2026

ढकाल समाज प्रतिष्ठान लुम्बिनीको अध्यक्षमा राजेन्द्र ढकाल



बुटवल । नेपाल ढकाल समाज प्रतिष्ठान लुम्बिनी प्रदेशको प्रथम भेला तथा साधारण सभाले राजेन्द्र ढकालको अध्यक्षतामा २१ सदस्य नयाँ नेतृत्व चयन गरेको छ । उपाध्यक्ष सतिदेबि ढकाल, सचिब दिपक ढकाल, कोषाध्यक्ष रेवतिरमन ढकाल र सह सचिब मधु ढकाल चयन भएका छन् ।

यसैगरी रामेश्वर ढकाल, राजु ढकाल, हुमनाथ, बलराम, होमनाथ, राम प्रसाद, कमल, ओबिदत, लेखनाथ, भुवन, दुर्गाप्रसाद, शेर बहादुर, इन्द्रमनी, श्यामकुमार ढकाल र भरत केसी ढकाल सदस्य चयन भएका छन् । भेलामा बोल्दै नेपाल ढकाल समाज प्रतिष्ठान केन्दीय अध्यक्ष टिकाराम ढकालले उपमन्यु गोत्रभित्र रहेका सबै ढकाल बन्धुहरु गोलबन्द हुनु जरुरी रहेको बताए ।

ढकालहरुको सख्या नेपालमा करीब २० लाख बढी रहेको दाबी गर्दै उनले देशभर छरिएर रहेका ढकालहरु गोल्बन्द हुँदै सामाजिक कार्य तथा संघ-संस्थाका नेतृत्वमा पुग्न एक भएर लाग्नुपर्नेमा जोड दिए । ढकालहरु एकीकृत नहुदा धेरै अवसरहरुबाट बञ्चित हुनुपरेको बताउँदै उनल संगठित हुन आह्वान गरे ।

लुम्बिनी प्रदेश संयोजक खुमराज ढकालले प्रदेशका १० जिल्लामा ढकाल समाज प्रतिष्ठान गठन भैसकेको बताए । जिल्ला जिल्लामा ढकालहरुको बसाई बारे तथ्याङ्क निकाल्ने, घर धुरी गन्ने काम भैरहेको उनको भनाई छ । केन्द्रीय वरिष्ठ उपाध्यक्ष जगन्नाथ ढकालले ढकालहरुको देशमा पहिचान गराउन समेत एकतामा बाधिन जरुरी रहेको बताए । केन्द्रीय महासचिब दामोदर ढकालले देशभरी जिल्ला, नगर तथा वडा तहमा समेत ढकाल समिति गठन गर्ने काम भैरहेको बताए ।

कार्यक्रममा केन्द्रीय सल्लाहाकार नन्दीकिशोर ढकाल, प्रशुराम ढकाल, लेखनाथ ढकाल, केन्द्रीय सदस्य तारापति ढकाल, बिष्णुमाया ढकाल, कपिलबस्तु अध्यक्ष पदम ढकाल, बुटबल नगर अध्यक्ष माधब ढकाल लगायतले बोल्दै उपमन्यु ढकालहरु एक हुनु जरुरी रहेको बताए ।

कार्यक्रममा ढकालहरुको नाम उच्चो राखेको भन्दै नेपाली सेना पश्चिम पृतना हेड क्वाटर बुटबलका प्रमुख पृतनापति यम प्रसाद ढकाल, लुम्बिनी प्रादेशिक अस्पतालका निवर्तमान मेडिकल सुपरिटेन्डेन्ट इन्द्र ढकाल, नेपाल टेलिभिजनका बुटवल सम्बाददाता वरिष्ठ पत्रकार हरिष ढकाल, प्रोफेसर दामोदर ढकाल, लिला बल्व ढकाललाई सम्मान गरीएको थियो ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १ : ४० बजे

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।