८ चैत्र २०८२, आइतबार | March 22, 2026

शहरी विकास मन्त्री केसी बस दुर्घटनाका घाइते भेट्न शिक्षण अस्पतालमा



नेपालगन्ज । लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले भालुबाङ बस दुर्घटनाका घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगेर उपचाररत दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्था बुझ्दै उनले उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी हुन् ।

दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मन्त्री केसीले उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशनसमेत दिइन् ।

अस्पताल प्रशासन, उपचारमा संग्लन चिकित्सक र बस समितिका प्रतिनिधिलाई मन्त्री केसीले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन आग्रह गरिन् ।‘बस समितिले घाइतेहरूको उपचार गर्छ र अहिले गरिरहेको पनि छ’ उनले भनिन्, ‘तपाईहरू (चिकित्सक) ले पनि उपचारमा कुनै कमी हुन नदिनुहोला ।’

आर्थिक अभावकै कारण घाइतेहरूको उपचारमा समस्या आउन नदिन समेत मन्त्री केसीले निर्देशन दिइन् । मन्त्री केसीले नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनाबाट आफू मर्माहत भएको समेत बताउँदै दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारजनमा शोक व्यक्त गरिन् ।

शिक्षण अस्पतालमा उपचाररत १३ जना घाइतेहरुमा १ जना उपचार पछि डिस्चार्ज भएको, २ जनाको आईसीयूमा भर्ना भइ उपचाररत रहेको र १० जना घाइतेको इमर्जेन्सी वार्डमा उपचार भै रहेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेशबाबु श्रेष्ठले जानकारी दिए।

नेपालगन्जबाट काठमाडौंका लागि छुटेको बस शुक्रवार राति दाङको भालुवाङस्थित राप्ती नदी पुलबाट खसेर दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  २ : १४ बजे

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ