८ कार्तिक २०८३, आइतबार | October 25, 2026

लुम्बिनी प्रदेशकी उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कृष्णा केसीले लिए पद तथा गोपनियताको शपथ



बुटवल । लुम्बिनी प्रदेशकी उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कृष्णा केसी ‘नमुना’ले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उनलाइ पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन ।

उनी बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित भएकी थिइन ।

गत बैशाख १२ गते मुख्यमन्त्री महराले मन्त्रीपरिषदको बिस्तार गरेपनि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय भने आफैसँग राखेका थिए । सत्ता समिकरण जोगाउन आवश्यकताका आधारमा आफैसँग जोगाएर राखेको मन्त्रालय प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेसँगै नमुनालाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।

यो संगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सरकारको मन्त्रीपरिषदलाई पूर्णता दिएका छन् । लामो समयदेखि पूर्णता पाउन नसकेको मन्त्रीपरिषदले मुख्यमन्त्री महराले आफुसँगै राखेका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री नियुक्त गरेसँगै प्रदेश सरकारले पूर्णता पाएको हो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ४ : ४५ बजे

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही । यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको

एनपिएल : वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिममा अनुबन्धित

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका

दसैँ पछिको पहिलो कारोबारमा सुनको मूल्य तोलामा साढे एघारहजार रुपैयाँ सस्तियो

काठमाडौं । दसैँपछिको पहिलो कारोबारमा सुनको मूल्यमा भारी गिरावट आएको

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा । अमरगढी नगरपालिका-७ का १९ वर्षीय दीपक भट्टराई पढाइ

असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज