२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने



चितवन । भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने बताएका छन् । ड्राइभिङ स्कुल सङ्घको पाँचौँ महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले माघ १ गतेदेखि लाइसेन्स छपाइ सुरु हुने बताए ।

“आज मात्रै ६ लाख कार्ड ल्याइएको छभने अन्य ६ लाख कार्ड ल्याउने तयारीमा छौं । लाइसेन्स छपाइ र वितरण नरोकिने गरी काम अघि बढाउँछौँ ।” मन्त्री ज्वालाले भने, “माघ १ गतेदेखि १३ लाख कार्ड छपाइमा जान्छ, अनि समस्या हट्दै जान्छ ।”

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले व्यवसायमार्फत राज्यमा ड्राइभिङ स्कुलहरूले रोजगारी सृजना गर्दै आएको बताए । उनले भने, “स्कुल सञ्चालनमा देखिएका समस्या समाधानका लागि तीनवटै तहका सरकारले नीति बनाएर सहयोग गर्नुपर्नेछ ।”

नेपाली कांग्रेस चितवनका उपसभापति राजीव न्यौपाने, नेकपा एमालेका भक्तिप्रसाद गौतम, नेपाल किसान महासङ्घका सचिव भरतप्रसाद फुयाल, सङ्घका अध्यक्ष रामचन्द्र श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष खगेन्द्र वुढाथोकीलगायत वक्ताले मन्तव्य राखेका थिए ।

अधिवेशनले आजै नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनमा देशभर एक हजार पाँच सय व्यवसायीका तीन सय ५० जना प्रतिनिधि सहभागी छन् ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ५ : ०७ बजे

ओलीलाई विजयी बनाउन एमालेद्वारा ३० बुँदे अपील सार्वजनिक

झापा । नेकपा एमालेले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा

लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि प्रदेश र स्थानीय तहमा जाने अनुदान कटौती

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा

सिद्धबाबा मन्दिरमा महाशिवरात्री मेला तयारी पूरा, ६० हजार भक्तजन भित्र्याउने लक्ष्य

बुटवल । महाशिवरात्री पर्वको अवसरमा पाल्पाको तिनाउ गाउँपालिका-३, दोभानस्थित सिद्धबाबा

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु

बुटवल । बुटवल-पाल्पा सडक खण्डअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ मा शनिबार

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण