८ चैत्र २०८२, आइतबार | March 22, 2026

शिवनगर सामुदायिक वनको २८ औं वार्षिक साधारणसभा सम्पन्न



बुटवल । शिवनगर सामुदायिक वन उपभोक्ता समुह बुटवलको शनिबार २८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो अवसरमा बोल्दै सहभागीहरुले वन संरक्षण र बढ्दो अतिक्रमणलाई रोक्नका लागि माग गरेका छन् ।

कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय रुपन्देहीका निमिक्त प्रमुख सन्दिप बासुकलाले सामुदायिक वनभित्र संरचना निर्माण तथा अन्य अतिक्रमणलाई रोक्न आग्रह गरे । मुलुकभर नै विकासका नाममा वनजँगल मास्दै जाने प्रचलनको अन्यगरी त्यसको उचित व्यवस्थापनमा जोड दिए । यसैगरी शिवनगर सामुदायिक वन उपभोक्ता समूहले वार्षिक रुपमा सम्पन्न गरेका कार्यक्रम तथा बजेटमाथि टिप्पणी गर्दै बासुकलाले गरिव तथा विपन्न वर्गका लागि खर्च गरिने रकमलाई थप प्रभावकारी बनाएर उपभोक्ताको जीवनस्तर उकास्न मद्दत पुर्याउने गरी अघि बढ्न आग्रह गरे । उपभोक्ताले अपनत्व महशुस गरी गतिविधि सञ्चालन तथा जंगलको संरक्षण गरी यसभित्र हुने मानवीय अतिक्रमणलाई रोक्न जोड दिए ।

सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य दिननाथ आचार्य, तिलोत्तमा सव डिभिजन वन कार्यालयका अधिकृत गौतम ख्वालापाला, शिवनगर सामुदायिक वनका संस्थापक सचिव तथा पूर्व अध्यक्ष खड्गबहादुर आचार्य तथा एन्फाका केन्द्रीय उपाध्यक्ष दिर्घबहादुर केसी लगायतले बोल्दै शिवनगर वनलाई नमूना वनको रुपमा बिकास गर्न सुझाव दिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष मनोज गौचनले समूहको १० वर्षे कार्योजना अनुसार काम अगाडि बढाइएको बताए । वन क्षेत्रमा हुने अतिक्रमण नियन्त्रण तथा फोहरमैलामैला फ्याक्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने, गरिव तथा विपन्न परिवारका लागि राहत तथा रोजगार सिर्जना, पर्यापर्यटनको विकासका लागि योजनावद्ध कार्यान्वयन लगायतका कामलाई निरन्तरता दिइएको उल्लेख गरे । वार्षिकोत्सवमा रविन केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सचिव श्यामकली आचार्यको सञ्चालन, उपाध्यक्ष दिपेन्द्र पराजुलीको स्वागत कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ६ : ४९ बजे

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।