८ चैत्र २०८२, आइतबार | March 22, 2026

युवाहरुमा व्यवसायिक सफलता सेमिनार



बुटवल । युवाहरुमा व्यवसायिक सफलताका लागि धैर्यता, इमान्दारीता र निरन्तरता आवश्यक हुने बुटवलमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।

कुनै पनि सफलताका पछाडी सकारात्मक भिजन आवश्यक पर्ने भएकाले उद्देश्यप्राप्तीका लागि लगन र मेहनत पनि उत्तिकै जरुरी रहने उनीहरुको जोड थियो । भिबी वर्कर फर बेटर फिचर तिलोत्तमा रुपन्देहीले बुटवलमा गरेको जीवनको सफलता विषयक एक दिने समिनारमा सहभागि भएका सांसद, उद्योगी, ब्यवसायी तथा युवाहरुले ब्यवसायिक सफलताका लागि धैर्यता र लगन अति आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममो उद्घाटन गर्दै लुम्विनी प्रदेश सांसद जमुना ढकालले युवालाई स्वदेशमै रमाउने वातावरणको सृजना गर्नु अहिलेको आवश्यकता रहेको बताइन । उनले युवामा धैर्यता नभएका कारण स्वदेशमै इलम गर्न पछि सर्ने गरेको उदाहरण प्रस्तुत गर्दै सानो-सानो इलम गरेर भएपनि स्वदेशमै भविष्य बनाउन युवालाई सुझाव दिइन । उनले त्यसका लागि युवामा हतास होईन, धैर्यता र सकारात्मक सोचको ब्यवस्थापन आवश्यक रहेको बताइन ।

भिबी वर्करका प्रमुख राम भेडेको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देही उद्योग संघका पुर्व अध्यक्ष गणेश अधिकारी, कोहिनुर मेटलका संचालक तथा युवा उद्यमी सुमन बस्याल, बुटवल माविका अध्यक्ष माधव प्रधान, फ्रेण्ड सर्भिस काउन्सिल नेपालका कार्यकारी निर्देशक माधवी प्रधान, युवा उद्यमी मनु दर्लामी, सीमा पाण्डे लगायतले नेपालमा संभावना भएतापनि अवस्थाका कारण युवाहरुले स्वदेशमै भविष्य सजाउन नसकेको बताए । भिबी वर्करका पुजन बस्यालको संचालनमा भएको कार्यक्रममा विभिन्न क्षेत्रका दुई दर्जनजति युवाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ६ : ५४ बजे

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।