२१ मंसिर २०८२, आइतबार | December 8, 2025

राप्ती बस दुर्घटना अपडेट : मृतक सबैको सनाखत (मृतकको नामसहित)

चालकको लापरवाहीका कारण दुर्घटना : प्रहरी



दाङ । गए राति साढे १० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती नदीमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ ।

मृत्यु हुनेमा बाँकेका चारजना, भारतीय नागरिक तीनजना, रुकुमपश्चिम, चितवन, मकवानपुर, काठमाडौँ र जुम्लाका एक–एकजना छन् । दुर्घटनामा परी बाँके खजुरा गाउँपालिका–३ का सञ्जय केसी, बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बस्नेत, बाँकेका ३० वर्षीय रामवरण हरिजन, बाँके कोहलपुर–८ का २८ वर्षीय अर्पण थापाका छन् ।

त्यस्तै रुकुम साविक गोतमकोट गाउँपालिका–९ का २५ वर्षीय दीपक कामी, चितवन भरतपुर नगरपालिका–२५ का ३५ वर्षीय अनिल खड्का, मकवानपुरका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौँ चन्द्रगिरिका ६५ वर्षीय ताराकान्त पाण्डे, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, भारत विहारका ६७ वर्षीय जोगेन्द्र राम, भारतजी बहराइज नानपारा बग्लु भौतपुरका ४५ वर्षीय चेतराम सिल्पकार र भारत उत्तर प्रदेशका ३१ वर्षीया मुनेको मृत्यु भएको हो ।

सो दुर्घटनामा परी २१ जना घाइते भएका छन् । मृत्यु भएकामध्ये १० जनाको शव परीक्षण भइसकेको छ भने दुई जनाका आफन्त नआएकाले शव परीक्षण हुनसकेको छैन । शवलाई लमही अस्पतालमा राखिएको छ ।

दुर्घटनामा परी २४ जना घाइते भएका थिए । घाइतेमध्ये चारजना गम्भीर, ११ जना मध्यम र नौजनाका अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । घाइतेमध्ये तीनजनाको उपचारपछि डिस्चार्ज भइसकेको छ । घाइतेमध्ये आठ जनाको बुटवल र १३ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

चालकको लापरवाहीका कारण दुर्घटना : प्रहरी

दुर्घटना चालकको लापरवाहीका कारण भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । इन्ट्री नगरी तीव्रगतिमा कुदाउँदा बस अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले बताए ।

“चालकले सपट बिग्रिएर दुर्घटना भएको वयान दिएका छन्”, प्रहरी नायब उपरीक्षक मल्लले भने, “तर हामीलाई त्यस्तो लाग्दैन, नजिकै प्रहरीको इन्ट्री प्वाइन्टमै नरोकेर तीव्रगतिमा बस अगाडि बढाएकाले दुर्घटना भएको हाम्रो निष्कर्ष छ”।

बस दुर्घटनामा सात जनाको घटनास्थलमै र पाँच जनाको उपचारका क्रममा निधन भएको हो ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ९ : ०१ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब