२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

चिसो बढेसँगै नगरबासीलाई आगो ताप्न चोक चोकमा मुढा खसालियो



नेपालगन्ज । शीतलहरसंगै चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न सार्वजनिक ठाउँ तथा चोकहरुमा आगो ताप्न (धुनी जगाउन) दाउरा वितरण सुरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले सर्वसाधारणलाई आगो ताप्नका लागि भन्दै आज विहानैदेखि दाउरा वितरण सुरु गरेको हो ।

नगर प्रमुख प्रशान्त विष्ट, प्रबक्ता प्रमोद रिजाल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगी, नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटी लगायतले विहान नगरका मुख्य २० ठाउँमा दाउरा वितरण गरेका थिए ।

रामलिला मैदान, भेरी अस्पताल अगाडि, त्रिभुवनचोक, त्रिवेणी मोड, सेतु विक चोक, बसपार्क बाहिर, बसपार्क भित्र, कारकाँदो चोक, विशाल चोक, पिपल चौतारा खजुरारोड, जिल्ला प्रहरी कार्यालय अगाडि खजुरारोड, जिल्ला प्रहरी कार्यालय परिसर, शिव मन्दिर चोक, धम्बोझी चोक, धम्बोझी चोकस्थित मस्जिद, विपी चोक, विटिएस चोक, गणेशमान चोक, मानव सेवा आश्रम र नीलसगर सेवा आश्रममामा आगो ताप्ने व्यवस्था गरिएको नगर प्रमुख विष्टले जानकारी दिए ।

उनले अब नियमितरुपमा निरन्तर नगरका अन्य सार्वजनिक स्थान, चोक तथा वडाका भित्री चोकहरुमा समेत दाउरा वितरण गरिने बताए । शीतलहरको सुरुवातसंगै चिसो अत्याधिक बढेकाले सर्वसाधारणको सहजताको लागि सामूहिक आगो ताप्ने व्यवस्था मिलाइएको विष्टले बताए ।

 

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  १० : ३३ बजे

ओलीलाई विजयी बनाउन एमालेद्वारा ३० बुँदे अपील सार्वजनिक

झापा । नेकपा एमालेले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा

लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि प्रदेश र स्थानीय तहमा जाने अनुदान कटौती

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा

सिद्धबाबा मन्दिरमा महाशिवरात्री मेला तयारी पूरा, ६० हजार भक्तजन भित्र्याउने लक्ष्य

बुटवल । महाशिवरात्री पर्वको अवसरमा पाल्पाको तिनाउ गाउँपालिका-३, दोभानस्थित सिद्धबाबा

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु

बुटवल । बुटवल-पाल्पा सडक खण्डअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ मा शनिबार

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण