१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

त्रिशुली नदीमा ‘गाडी खसेको’ सूचना, खोजीका लागि गोताखोरको टोली परिचालन



चितवन । नारायणगढ-मुग्लिन सडकखण्डबाट त्रिशुली नदीमा ‘गाडी खसेको’ सूचनापछि गोताखोरको टोली परिचालन गरिएको छ । इच्छाकामना गाउँपालिका-५ स्थित ३ नम्बर पुल नजिकबाट ‘गाडी खसेको’ भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय बासिन्दाले मंगलबार बिहान करिब ४ बजेतिर सडकबाट गाडी नदीमा खसेको बताएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक (इन्सपेक्टर) विशाल तामाङले ३ नम्बर पुलबाट गाडी खसेको सूचनापछि गोताखोरको टोली परिचालन गरिएको जानकारी दिए ।

अहिले सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपत् व्यवस्थापन शिक्षालयबाट गोताखोरको टोली गाडी खसेको भनिएको स्थानमा पुगेर खोजी सुरु गरेको छ । गाडी खसेको भनिएको स्थानमा नदीभित्र लाइट बलेको देखिएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए । अहिले भने लाइट निभेको छ ।

गाडी खसेको भनिएको ठाउँमा भारतीय नम्बर प्लेट समेत फेला परेको छ । तर नदीमा खसेको भनिएको गाडी कहाँबाट कहाँ जाँदै थियो, कस्तो थियो भन्ने खुलेको छैन ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ७ : ४१ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”