१ पुस २०८२, मंगलबार | December 16, 2025

त्रिशुली नदीमा खसेको गाडी सिंगल क्याबिन बोलेरो भएको पुष्टि



चितवन । नारायणगढ-मुग्लिन सडकखण्डबाट त्रिशुली नदीमा खसेको गाडी बोलेरो (सिंगल क्याविन) भएको खुलेको छ । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले पानी भित्र गएर खोजी गर्दा बोलेरो गाडी (सिंगल क्याविन) भेटिएको हो ।

गोताखोरको टोलीले गाडीमा कुनै पनि मानिस नभेटिएको बताएको छ । मंगलबार बिहान करिब ४:५० बजेतिर इच्छाकामना गाउँपालिका-५ स्थित ३ नम्बर पुल नजिकबाट गाडी खसेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

गाडी खसेको सूचनापछि नेपाल प्रहरीसँगै उद्धारका लागि सशस्त्र प्रहरीको टोली समेत परिचालन भएको थियो । सशस्त्र प्रहरी बल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमाण्डमा ७ जना गोताखोर सहित १० जना र नम्बर १७ गण चितवनबाट प्रहरी निरीक्षक (इन्सपेक्टर)को कमाण्डमा १३ जनाको फौज परिचालन भएको थियो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक (इन्सपेक्टर) विशाल तामाङका अनुसार गाडी खसेको ठाउँमा भारतीय नम्बर प्लेट समेत फेला परेको छ । नम्बर प्लेट फेला परेअनुसार नदीमा खसेको गाडी भारतीय हुनसक्ने आकलन गरिएको छ ।

पहिलो चरणको खोजीका क्रममा गाडी भित्र मानिस फेला नपरेको देखिए पनि पुन: दोस्रो चरणको खोजी हुने सशस्त्र प्रहरीले जनाएको छ ।

नदीमा खसेको गाडी कहाँबाट कहाँ जाँदै थियो भन्ने खुलेको छैन ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ८ : १४ बजे

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच

कांग्रेसद्वारा प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

एमाले ११ औँ महाधिवेशनमा आज मतदान, ओली र पोखरेलबीच अध्यक्ष पदको प्रतिस्पर्धा

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज