७ आश्विन २०८३, बुधबार | September 23, 2026

पाकिस्तानको वातावरणीय नमूनामा विश्वव्यापी पोलियो भाइरस पत्ता लाग्यो



इस्लामाबाद । पाकिस्तानका ढल नमुनाहरूमा थप तीनवटा विश्वव्यापी पोलियो भाइरस फेला परेको छ । सन् २०२३ मा देशमा सकारात्मक नमूनाहरूको कुल योग एक सय १५ पुगेको पाकिस्तानी स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ ।

पूर्वी पञ्जाब प्रान्तको रावलपिन्डी शहरबाट डिसेम्बर ११ मा, सङ्घीय राजधानी इस्लामाबादबाट डिसेम्बर १२ मा र दक्षिणी बन्दरगाह शहर कराचीबाट डिसेम्बर १३ मा सङ्कलन गरिएको वातावरणीय नमूनामा भाइरस फेला परेको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको हो ।

भाइरसको सङ्क्रमणबाट बच्चाहरू अपाङ्गता पैदा गर्ने विभिन्न खालका रोगबाट निरन्तर जोखिम रहन्छ । राष्ट्रिय स्वास्थ्य सेवा, नियमन र समन्वयका लागि पाकिस्तानी कार्यवाहक मन्त्री नदीम जानलाई उद्धृत गर्दै विज्ञप्तिमा यस्तो उल्लेख गरेको छ ।

यो भाइरसले विशेष गरी शारिरीक रूपमा कमजोर बच्चाहरूलाई पक्षाघात निम्त्याउन सक्ने उनले उल्लेख गरे ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाकिस्ता छिमेकी राष्ट्र अफगानिस्तानसँगै विश्वको दुई पोलियो-स्थानिक देशहरू मध्ये एक हो । पाकिस्तानमा सन् २०२३ मा छ वटा पोलियोका घटना दर्ता भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ४ : १० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज