२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

नेपालगन्जमा नेपाल संवतको स्वागतमा मोटरसाइकल भिन्तुना र्‍याली




नेपालगन्ज । नेपालको मौलिक संवत् नेपाल संवत् ११४७ को शुभारम्भमा नेपालगन्जमा बृहत् मोटरसाइकल भिन्तुना र्‍याली आयोजना गरिएको छ। नेवाः दयदबु बाँके र नेवाः पुच बाँकेको संयुक्त आयोजनामा आज नेपालगन्जमा बृहत् मोटरसाइकल भिन्तुना र्‍याली आयोजना गरिएको हो ।

नेवाः संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ र्‍याली आयोजना गरिएको आयोजकहरुले जनाएका छन् ।

बिहान नेपालगन्जको कारकाँदो चोकबाट सुरु भएको मोटरसाइकल र्‍याली सुर्खेतरोड, गडेनपुरवा, बिद्युतरोड, सदरलाईन, त्रिभुवन चोक, गगनगन्ज, घरबारीटोल हुँदै न्युरोडमा पुगेर समापन भएको थियो । र्‍यालीलाई नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले सगुन वितरण गरेर आरम्भ गरेका थिए ।

र्‍याली पश्चात आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल संवत् नेपालीहरुको मौलिक संवत् भएको उल्लेख गर्दै सबै नेपालीले संयुक्तरुपमा मनाउनुपर्ने बताएका थिए । उनीहरुले नेपालमा चलनचल्तीमा रहेका संवत् मध्य नेपाल संवत् मात्र नेपाली मौलिक संवत भएको दाबी गरेका थिए ।

कार्यक्रममा बोल्दै प्राज्ञ सनत रेग्मीले नेपाल संवत भन्दा पुराना अन्य संवत् विगतमा प्रचलनमा रहेको पाइएपनि नेपाल संवत् नै नेपालीहरुको मौलिक संवत् भएको बताए । उनले नेपाल संवतलाई निश्चित जाती र समुदायमा सिमित गर्न नहुने बताए ।

विश्लेषक नरेन्द्रजङ्ग पिटरले नेपाल संवत् मनाउने क्रममा गैर नेवारहरुलाई प्राथमिकता दिएर नेपालगन्जमा नेपाल संवत्लाई साझा संवत्कारुपमा प्रयोग गरिएको बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख विष्टले नेपालगन्जमा नेपाल संवत् र राष्ट्रिय विभूती शँखधर शाँख्वाको प्रवद्र्धन गर्न उपमहानगरपालिकाले सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

शङ्खधर साख्वाले वि.सं. ९३६ (इ.सं. ८७९) मा गरिब जनताको ऋण मोचन गराएर यो संवत सुरु गरेका थिए। नेपाल सरकारले यसलाई राष्ट्रिय संवतको मान्यता दिएको छ र हाल सरकारी दस्तावेजहरूमा पनि यसलाई स्थान दिन थालिएको छ। यो चन्द्रमाको गतिको आधारमा चल्ने (चन्द्रमास) संवत हो।

नेवा दयदबुका बाँकेका अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठको अध्यक्षता र केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले स्वागत गरेको कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य मिना श्रेष्ठ, नेवा पुचः बाँकेका संस्थापक महासचिव राजेन्द्र श्रेष्ठलगायतले नेपाल संवत् बारे चर्चा गरेका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  ९ : ४७ बजे

नेपालगन्जमा नेपाल संवतको स्वागतमा मोटरसाइकल भिन्तुना र्‍याली

नेपालगन्ज । नेपालको मौलिक संवत् नेपाल संवत् ११४७ को शुभारम्भमा

जनकपुरलाई २७ रनले पराजित गर्दै सुदुरपश्चिम प्लेअफमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा

कोप-३१ : ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’बारे छलफल

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत

उदयपुरमा सडकबाट १५ मिटर तल खस्यो माइक्रोबस, चालकसहित १० जना घाइते

काठमाडौं । उदयपुरमा यात्रु बोकेको माइक्रोबस दुर्घटना हुँदा चालकसहित १०

नदीमा डुबेर एक बालकको मृत्यु

दाङ । राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको