१७ माघ २०८२, शनिबार | January 31, 2026

खेलकुदकाे विकासका लागि तीनै तहको सरकारको प्रतिबद्धता आवश्यक : उपप्रधानमन्त्री खड्का



ललितपुर ।  उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकास र खेलाडीहरुको क्षमता अभिबृद्धिका लागि खेलकुद पूर्वाधारलाई प्राथमिकता दिन जरुरी रहेको बताएका छन् ।

ललितपुर जिल्ला खेलकुद बिकास समितिद्वारा बुधबार बुद्धि बिकास खेलमैदान लगनखेलमा आयोजित १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताका अवसरमा उपप्रधानमन्त्री खड्काले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनका लागि सरकारले सक्दो सहयोग गर्नेमा प्रतिबद्धता जनाएका हुन् ।

उपप्रधानमन्त्री खड्काले खेलकुद क्षेत्रको समग्र विकास गर्न तीन वटै तहका सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।  उपप्रधानमन्त्री खड्काले भने, ‘अहिले पर्याप्त बजेट नहुँदा खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण हुन सकेको छैन, त्यसैका कारण खेलाडीले पनि क्षमता अनुसारको प्रभाव गर्न सक्नुभएको छैन तर अब तीन वटै तहका सरकार एक भएर काम गरे खेल क्षेत्रको विकास हुन्छ ।’

खेल क्षेत्रको बिकासका लागि खेलकुद पूर्वाधारलाई प्राथमिकता दिन जरुरी रहेको भन्दै उनले आफू सरकारको जिम्मेवारीमा रहँदा यस क्षेत्रको बिकासका लागि इमानदारीपूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसका लागि तीनै तहको सरकार एकताबद्ध भएर लाग्नेमा उहाँले प्रतिवद्धता व्यक्त गरे ।

उनले यस प्रतियोगितामा सहभागी खेलाडीलाई मित्रवत प्रतिस्पर्धामा लाग्न आग्रह गर्नुहुँदै सफलताको शुभकामना व्यक्त गरे । प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ५ : ४२ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले