१५ बैशाख २०८१, शनिबार | April 27, 2024

सोलार र्फाम लिमिटेडद्वारा रुकुमका भूकम्पीडितलाई २ सय थान ट्वाइलेट प्यान हस्तान्तरण



काठमाडौं । सोलार फार्म लिमिटेडले रुकुमका भूकम्पपीडितलाई शौचालयको प्यान सहयोग गरेको छ ।

सोलार फार्मले रुकुमको त्रिवेणी गाउँपालिकाका भूकम्पपीडितहरुका लागि दुई सय वटा शौचालयको लागि प्यान वितरण गरेको हो । भूकम्पबाट क्षतिग्रस्त क्षेत्रका जनताका लागि शौचालय निर्माणमा यि प्यान सहयोगी हुने विश्वास गरिएको छ ।

सोलार फार्मका अध्यक्ष मोहन गुरुङले त्रिवेणी गाउँपालिकाका कार्यपालिका सदस्य जनककुमार विश्वकर्मालाई सामाग्री हस्तान्तरण गरेका हुन् ।

साउथ इस्ट रिजनल तमु धि लण्डनको तर्फबाट एक लाख ५७ हजार ७९ रुपैयाँ र साउथ इस्ट रिजनल तमु धि लण्डनका वर्तमान प्रमुख सल्लाहकार एवं सोलार फार्मका अध्यक्ष गुरुङको तर्फबाट एक लाख रुपैयाँ रुपैयाँ गरी दुई लाख ५७ हजार ७९ रुपैयाँमा खरिद गरिएको प्यान हस्तान्तरण गरिएको हो ।

त्यसअवसरमा सोलार फार्मको तर्फबाट संचालक विद्यावारिधि सिग्देल, शब्द ज्ञवाली र प्रशान अधिकृत भरत न्यौपाने र समाजसेवी पोखरेल एवं माओवादी कर्णाली प्रदेश कमिटी सदस्य कुमार कठायत उपस्थित थिए ।

तनहुँको बेलचौतारामा रहेको सोलार फार्म लिमिटेडले पाँच मेघावाटको सौर्य उर्जा उत्पादन गरिरहेको छ । उत्पादित सौर्य उर्जा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय ग्रिडमा जोडिएको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ५ : १० बजे

 ‘अब त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नेछ’  :  शिक्षाध्यक्ष प्राडा केसी

काठमाडौं । नेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा

टस जितेपछि वेस्ट इन्डिज ए विरुद्ध नेपालले पहिले बलिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको

ताइवानमा ६.१ रेक्टरको भूकम्प

काठमाडौं । ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको

पञ्जाव र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका चार किर्तिमान

काठमाडौं । यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा ब्याट्सम्यानहरुले