७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

गायक वैद्यलाई गीतसङ्गीतमार्फत श्रद्धाञ्जली



काठमाडौं । गायक तथा साहित्यकार योगेश वैद्यलाई सङ्गीतकर्मीले गीतसङ्गीतमार्फत अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको आज ७७ वर्षको उमेरमा सुन्धारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

नेपाल सङ्गीतकार सङ्घको आयोजनामा नक्सालस्थित सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा भएको श्रद्धाञ्जली सभामा उनको पार्थिव शरीरलाई सङ्गीतकार शम्भुजीत बास्कोटा, चेतन सापकोटा, वसन्त सापकोटा, महेश खड्कालगायतले श्रद्धाञ्जली दिए ।

‘सपना भुलाई सारा’ गीतमार्फत अन्तिम श्रद्धाञ्जली दिइएको सङ्गीतकार सङ्घका अध्यक्ष चेतन सापकोटाले जानकारी दिए । “उहाँको निधनले हामीलाई ठूलो क्षति भएको छ । केही दिन अगाडि मात्र नोर्बू छिरिङ्ग दाईलाई बिदाइ गरेका थियौँ, अहिले योगेश दाईलाई बिदाइ गर्दैछौँ । हामी मर्माहित छौँ”, अध्यक्ष सापकोटाले भने ।

सङ्गीतकार शम्भुजीत बाँस्कोटाले दिवङ्गत गायक वैद्यसँग तीन दिन अगाडि मात्रै कुरा भएको बताए । उनले भने, “उहाँले कविता, गीत लेख्नुहुन्थ्यो । सङ्गीत गर्नुहुन्थ्यो । उहाँ मखमली आवाजको धनी हो । मेरा केही गीतहरु पनि गाउनुभएको थियो ।”

वैद्यको आज नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरलाई छोरा लोकेस नन्दन वैद्यले दागबत्ती दिएका थिए । करिब पाँच सय नेपाली गीत तथा झण्डै एक सयभन्दा बढी नेपाल भाषाको गीतमा स्वर दिएका वैद्य पछिल्लो समय पक्षघातसम्बन्धी समस्या झेलिरहेका थिए । गायक वैद्यको केही समयअघि मिर्गौलासमेत प्रत्यारोपण गरिएकामा केही दिनदेखि रुघाखोकीबाट ग्रसित थिए ।

विसं २००३ मा नरदेवीमा जन्मनुएका उनको पहिलो रचना ‘कति प्यासी छ जिन्दगी’ बोलको नेवारी र ‘सपना भुलाई सारा’ बोलको गीत गीत निकै लोकप्रिय छन् । राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गर्नुभएका साहित्यकार वैद्यका विभिन्न कृति प्रकाशित छन् । उहाँका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ९ : ३४ बजे

राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दु:ख व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर

फेरि बोले बालेन – महानगरका कर्मचारीको अनाहकमा अपमान सहदैनौं, बुझेर कदम चाल्नुहोला

काठमाडौं । पक्राउ गरिएका काठमाडौं महानगरको फोहोरको गाडी चलाउने चार

कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक

बालेनको आक्रोश- फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सिहदरबारलगायत

इरानमा पाँच दिनको राष्ट्रिय शोक

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि