२३ माघ २०८२, शुक्रबार | February 6, 2026

बुटवल आएका डिएसपी पण्डितलाई स्वागत गर्दै सुनचाँदी व्यवसायीले मागे सुरक्षा



बुटवल । इलाका प्रहरी कार्यालय, बुटवलमा सरुवा भइ आएका नयाँ डिएसीपी विजयराज पण्डितलाई स्वाग गर्दै बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवल शाखाले सुरक्षा माग गरेको छ । डीएसपीको स्वागत गर्दै ब्यवसायीहरुले सुनचाँदी व्यवसायीहरु सबैभन्दा बढी चोरी र लुटपाटमा पर्ने तर त्यसमा न्याय नपाउने गरेको गुनासो गरे । उनीहरुले सुनचाँदी व्यवसायीहरुप्रति सुरक्षा निकायको गलत धारणा रहेको उल्लेख गर्दै त्यसलाई मेटाएर जानु पर्ने सुझाव दिए ।

स्वागत कार्यक्रममा बोल्दै सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष जोगलाल विकले राज्यको गलत निती र शैलिका कारण सुनचादी व्यवसायी समस्यामा परेको उल्लेख गर्दै सुरक्षा निकायले त्यसमा समन्वयकारी भूमिका निर्वाह गर्न जरुरी रहेको धारणा व्यक्त गरे । उनले सुनचाँदी व्यवसायीहरु सबैभन्दा बढी चोरी र लुटपाटमा पर्ने तर त्यसमा न्याय नपाउने गरेको बताउदै सुनचादी कोटामा रहेको कमीले व्यवसायमा खरिद र विक्रिको समस्या रहेको जिकिर गरे ।

महासंघका केन्द्रीय सदस्य मानबहादुर विकले सुनचाँदी व्यवसायीहरुप्रति सुरक्षा निकायको गलत धारणा रहेको उल्लेख गर्दै त्यसलाई मेटाएर जानु पर्ने सुझाव दिए ।

कार्यक्रममा संस्थागत धारणा राख्दै संघका अध्यक्ष गकुल विश्वकर्माले सुनचाँदी व्यवसायीहरु सधै असुरक्षित भएर बस्नु परेको बताउदै व्यवसायमा रहेका समस्याहरुको समाधानका लागि सुरक्षा निकायबाट सहयोगको अपेक्षा व्यक्त गरे । उनले चोरीका घटनाहरु बढ्नु र पिडित व्यवसायीहरुले राहात नपाउँदा व्यवसाय धरापमा परेको बताए । त्यसैगरि उपभोक्ताहरुबाट खरिद गरेको सुनचाँदी विलको अभावले प्रशासनबाट ठगीमा प्रताडित हुनु परेको हुँदा त्यसमा व्यवसायीका बाध्यता र समस्यामा प्रहरीलाई व्यवहारिक बनि दिन उनले आग्रह गरे ।

सो अवसरमा बोल्दै डिएसपी पण्डितले समाजमा शान्तिसुरक्षा कायम गर्न राज्यले दिएको जिम्मेवारीमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउदै त्यसका लागि नागरिक क्षेत्रबाट पनि समन्वय हुनु पर्ने कुरामा जोड दिए । उनले शान्ति सुरक्षामा आन्तरिक र वाह्य दुई चरणको प्रवन्ध जरुरी रहेको उल्लेख गर्दै सुनचादी व्यवसायीहरुलाई आन्तरिक सुरक्षामा ध्यान दिन आग्रह गरे ।

पण्डितले पछिल्ला दिनमा सुनचादी क्षेत्रमा रहेका वदमासीहरुमा आएको कमी र परिर्वतित अवस्थामा नयाँ ढंगले जानु पर्ने विषयमा सहकार्य गर्न जरुरी रहेको बताए । उनले त्यस अवसरमा सुनचादी व्यवसायीहरुलाई गलत मनसायले व्यवसाय सञ्चालन र कारोवार नगर्न पनि आग्रह गरे ।

संघको सभाहलमा आयोजित कार्यक्रममा पण्डितलाई संघका अध्यक्ष गकुल विश्वकर्मा, नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष जोगलाल विक, केन्द्रीय सदस्य मानबहादुर विकलगायत सुनचादी व्यवसायीहरुले खादा तथा माला लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा संघका प्रदेश सहसचिव हरिबहादुर सुनार, जिल्ला उपाध्यक्ष एसरत्न व्रज्राचार्य, जिल्ला महासचिव सिताराम रसाइली, सल्लाहाकार सुरेशरत्न वज्राचार्य, किशोर सेञ्चुरी लगायत बोलेका थिए ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ६ : ५५ बजे

म्याग्दीमा दल र स्वतन्त्र उमेद्वारको प्रतिस्पर्धा

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको

सहिद पुत्री दिवान्सीले दिनदिनै सोधिन्, ‘मम्मी, बाबा खोइ ?’

सिरहा । तीन वर्षीया दिवान्सीले फेरि सोधिन्, ‘मम्मी, बाबा खोइ

आजको मौसम : तराईमा हुस्सु लाग्ने, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम

आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस

काठमाडौं । आज महिला यौनाङ्गछेदन (फिमेल जेनेटल म्युटिलेसन) विरुद्ध अन्तरराष्ट्रिय

बैतडी बस दुर्घटना : मृतकको सङ्ख्या १३ पुग्यो

बैतडी । जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या