१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवद्वारा विश्वासको मत लिने तयारी



वीरगन्ज। मधेस प्रदेशमा केही समय अघिसम्म सत्ता सहयात्री रहेको जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी थालेका छन्।

मुख्यमन्त्री यादवले आगामी १ हप्ताभित्र विश्वासको मत लिने तयारी गरिरहेको उनी निकट स्रोतले जनाएको छ।

जनमत पार्टीले सरकार छाडेर मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन्। उनले विश्वासको मत लिनेबारे सत्ता सहयात्री अन्य दलसँग पनि छलफल गर्ने भएका छन्।

सरकारमा रहेका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। माघ ९ गते जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएका थिए।

उनीहरूको राजिनामा स्वीकृत गर्दै प्रदेश प्रमुखको कार्यालयले दुबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री यादवलाई तोकेको थियो।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ६ : ५१ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्