१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवद्वारा विश्वासको मत लिने तयारी



वीरगन्ज। मधेस प्रदेशमा केही समय अघिसम्म सत्ता सहयात्री रहेको जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी थालेका छन्।

मुख्यमन्त्री यादवले आगामी १ हप्ताभित्र विश्वासको मत लिने तयारी गरिरहेको उनी निकट स्रोतले जनाएको छ।

जनमत पार्टीले सरकार छाडेर मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन्। उनले विश्वासको मत लिनेबारे सत्ता सहयात्री अन्य दलसँग पनि छलफल गर्ने भएका छन्।

सरकारमा रहेका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। माघ ९ गते जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएका थिए।

उनीहरूको राजिनामा स्वीकृत गर्दै प्रदेश प्रमुखको कार्यालयले दुबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री यादवलाई तोकेको थियो।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ६ : ५१ बजे

नख्खु जेल प्रकरणमा रवि लामिछानेसहित चार जनामाथि सूक्ष्म अनुसन्धान सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा नख्खु

जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र

पूर्वाधार विस्तारमा प्रगति, सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो

काठमाडौं । मुलुकको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक

शुक्रबार अपरान्ह ४ बजे बजेट भाषण

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री