१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

लुम्बिनीलाई विश्वव्यापी बनाउनुपर्छ : पूर्व अर्थमन्त्री बर्षमान पुन



भैरहवा । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व अर्थमन्त्री बर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले आइतबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। लुम्बिनी पुगेका नेताद्वयलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले स्वागत गरेका थिए।

भ्रमणपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै पूर्व अर्थमन्त्री पुनले लुम्बिनीबाट विश्वशान्ति र सहअस्त्वितको सन्देश फैलाउन सकिने बताए।

उनले नयाँ उपाध्यक्षका रुपमा डा. लामाको उपस्थितीले आशा जगाएको बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा संयुक्त राष्ट्र संघका महासचिव एन्टिरियो गुटरेसको भ्रमणपछि लुम्बिनीको अन्तर्राष्ट्रिय रुपमा प्रचार भएको उनको भनाइ थियो।

पुनले लुम्बिनीको विश्वमाझ अझै प्रचार हुन नसकेको बताउँदै उपाध्यक्ष सहितको टिमले त्यसलाई केही रुपमा अघि बढाएको समाचार सुनेको बताए। ‘लुम्बिनी विश्वसामू चिनाउन सकिएकोे छैन। नयाँ उपाध्यक्षको कार्यकालमा विश्वसामू चिनाउन लाग्नुभएको छ, अझै लाग्नुहुनेछ,’ उनले भने ।

उनले बुद्धदर्शन शान्ति,मेलमिलाप र सहअस्तित्वको दर्शन रहेको बताउँदै गुटरेसले गरेको विश्व शान्तिको आह्वानको अर्थ रहेको बताए। सबै धर्मका बीच सहअस्तित्वमा बस्नुपर्छ भन्ने सन्देश लुम्बिनीबाट दिन सक्नुपर्ने उनले बताए।

उपाध्यक्ष लामाले कोषको उपाध्यक्षमा नियुक्त भएदेखि गरेका कामहरूको जानकारी गराउँदै लुम्बिनीको विकासका निम्ति गरेका पछिल्ला प्रयासहरू बारे पूर्व अर्थमन्त्री पुनलाई जानकारी गराएका थिए।

पुन र प्रतिनिधिसभाका पूर्वसभामुख घर्तीले मायादेवी मन्दिर अशोक स्तम्भ, पुष्करणी पोखरीको भ्रमण गरेका थिए ।

पुन सहितको टोलीले लुम्बिनीमा हालै दैनिक एक लाखसम्म दियो बाल्न मिल्ने दियो स्थलमा दियो बालेका थिए। पुन दम्पत्तीले मोन्लम पुजामा समेत अवलोकन गरे। पुन दम्पत्ती सँगै लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र पुनको समेत सहभागिता रहेका थिए।

 

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ८ : ०९ बजे

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary

एउटै पार्टीलाई बहुमत दिएर इतिहास रच्ने समय आयो : रवि लामिछाने

तम्घास । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान