३ पुस २०८२, बिहिबार | December 18, 2025

लुम्बिनीलाई विश्वव्यापी बनाउनुपर्छ : पूर्व अर्थमन्त्री बर्षमान पुन



भैरहवा । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व अर्थमन्त्री बर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले आइतबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। लुम्बिनी पुगेका नेताद्वयलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले स्वागत गरेका थिए।

भ्रमणपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै पूर्व अर्थमन्त्री पुनले लुम्बिनीबाट विश्वशान्ति र सहअस्त्वितको सन्देश फैलाउन सकिने बताए।

उनले नयाँ उपाध्यक्षका रुपमा डा. लामाको उपस्थितीले आशा जगाएको बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा संयुक्त राष्ट्र संघका महासचिव एन्टिरियो गुटरेसको भ्रमणपछि लुम्बिनीको अन्तर्राष्ट्रिय रुपमा प्रचार भएको उनको भनाइ थियो।

पुनले लुम्बिनीको विश्वमाझ अझै प्रचार हुन नसकेको बताउँदै उपाध्यक्ष सहितको टिमले त्यसलाई केही रुपमा अघि बढाएको समाचार सुनेको बताए। ‘लुम्बिनी विश्वसामू चिनाउन सकिएकोे छैन। नयाँ उपाध्यक्षको कार्यकालमा विश्वसामू चिनाउन लाग्नुभएको छ, अझै लाग्नुहुनेछ,’ उनले भने ।

उनले बुद्धदर्शन शान्ति,मेलमिलाप र सहअस्तित्वको दर्शन रहेको बताउँदै गुटरेसले गरेको विश्व शान्तिको आह्वानको अर्थ रहेको बताए। सबै धर्मका बीच सहअस्तित्वमा बस्नुपर्छ भन्ने सन्देश लुम्बिनीबाट दिन सक्नुपर्ने उनले बताए।

उपाध्यक्ष लामाले कोषको उपाध्यक्षमा नियुक्त भएदेखि गरेका कामहरूको जानकारी गराउँदै लुम्बिनीको विकासका निम्ति गरेका पछिल्ला प्रयासहरू बारे पूर्व अर्थमन्त्री पुनलाई जानकारी गराएका थिए।

पुन र प्रतिनिधिसभाका पूर्वसभामुख घर्तीले मायादेवी मन्दिर अशोक स्तम्भ, पुष्करणी पोखरीको भ्रमण गरेका थिए ।

पुन सहितको टोलीले लुम्बिनीमा हालै दैनिक एक लाखसम्म दियो बाल्न मिल्ने दियो स्थलमा दियो बालेका थिए। पुन दम्पत्तीले मोन्लम पुजामा समेत अवलोकन गरे। पुन दम्पत्ती सँगै लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र पुनको समेत सहभागिता रहेका थिए।

 

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ८ : ०९ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन