३ जेष्ठ २०८३, आइतबार | May 18, 2026

विद्युत लाईन काटिएको ६ महिनामा भुक्तानी नगरे कालोसूचीमा, देशैभर विद्युत उपभोगमा प्रतिबन्ध



नेपालगन्ज । लुम्बिनी प्रदेशमा विद्युत उपभोग गरि बक्यौता नतिर्ने उपभोक्ताको अवदेखि विद्युत लाईन काटिने मात्र होईन, देशैभर विद्युत उपभोग गर्न नपाउने गरि कालो सूचीमा राखिने भएको छ । नेपाल विद्युत प्राधिकरणले लामो समय विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काटेर कालो सूचीमा राख्न सुरु गरेसँगै उपभोक्ताले लाईन काटिएसँगै कालो सूचीमा समेत पर्ने भएका हुन् ।

लाइन काटिएको ६ महिनासम्म पनि विद्युत महशुलको बाँकी बक्यौता रकम बुझाउन नआउने ग्राहकको मिटर बक्स झिकेर कालोसूचीमा राख्ने प्रक्रिया शुरु गरिएको विद्येत प्राधिकरणको लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका डिभिजन प्रमुख राजीव सिंहले बताएका छन् ।

विद्युत उपभोग गरेवापतको महशुल रकम नबुझाइ विगत ६ महिनादेखि लाइन काटिएका ग्राहकको मिटर झिक्ने काम सुरु भइसकेको जानकारी दिँदै उनले त्यस्ता ग्राहकको मिटर झिकेर कानुनअनुसार कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको जनाए ।

डिभिजन कार्यालयका लेखा प्रमुख केशरबहादुर ठाडाका अनुसारडिभिजन कार्यालय अन्तर्गतका विभिन्न विद्युत वितरण केन्द्रबाट यो आर्थिक बर्षको साउनदेखि हालसम्म विद्युत महसुल नबुझाउने ९ हजार बढी सेवाग्राहीको लाइन काटिएको छ ।चालु आर्थिक बर्षको साउनदेखि हालसम्म ९ हजार ३ सय ७८ जना महशुल नबुझाउने ग्राहकको लाइन काटिएको हो । काटिएका ती ग्राहकबाट १७ करोड ७१ लाख रुपियाँ विद्युत महशुल उठ्न बाँकी रहेको थियो । लाइन काटिएकामध्ये ८ हजार १ सय ६० जना ग्राहकहरुले पुनः लाइन जडान गरेको भएपनि १ हजार २१८ जनाले महसुल तिर्न नआएको उनले जानकारी दिए । ८ हजार १ सय ६० जना ग्राहकबाट १२ करोड ४९ लाख बाँकी बक्यौता महशुल रकम उठेको लेखा प्रमुख ठाडाले बताए ।

डिभिजन कार्यालयले १२ सय ग्राहकमध्ये लाइन काटिएको ६ महिना बढी समय भएका ग्राहकको पहिचान गरी मिटर बक्स झिक्ने र कालोसूचीमा राख्ने प्रक्रिया शुरु गरेको छ ।

नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्जले बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र रुकुमपूर्व गरी ६ वटा जिल्लाका नेपालगञ्ज वितरण केन्द्र, गुलरिया वितरण केन्द्र, घोराही वितरण केन्द्र, कोहलपुर वितरण केन्द्र, राजापुर वितरण केन्द्र, लमही वितरण केन्द्र, तुलसीपुर वितरण केन्द्र, प्युठान वितरण केन्द्र, रुकुमपूर्व वितरण केन्द्र, रोल्पा वितरण वितरण केन्द्र गरी १० केन्द्रबाट विद्युतको सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  १० : ३८ बजे

कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय लेखा समितिमा तीन सदस्य

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ

प्रधानमन्त्रीद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण

जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै

बेइजिङ । नयाँ अध्ययनले जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौं । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम