५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

जीवनस्तर सुधार्दै मानव अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकारसँग जोडिएका क्षेत्रमा लागनी अभिवृद्धि गरी जनाताको जीवनस्तरमा सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन ।

सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा लगानी विस्तार गरेर मानव अधिकार सुरक्षित सरकार निरन्तर लागि परेको बताए ।

सुशासन, पारदर्शीता, जवाफदेहिता, कानुनको शासनको जगमा मानव अधिकारमैत्री व्यवस्था सुनिश्चित गर्नु सरकारको प्राथमिकता भएको प्रधानमन्त्रीले स्पष्ट पारे । उनले मानव अधिकारका क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थालाई उच्च कदर गर्ने उद्देश्य साथ सरकारले मानव अधिकार पुरस्कार कोष स्थापना गर्ने निर्णय गरेको स्मरण गरे ।

अन्तर्राष्ट्रिय रूपमा नेपाल पक्ष भएका सन्धिसम्झौताअन्तर्गतका दायित्वलाई पूरा गर्न सरकार क्रियाशील रहेको बताउँदै प्रधानमन्त्रीले प्रचण्डले भने, “मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चहरूमा सक्रिय सहभागिता जनाई मानव अधिकारको सम्मान, संरक्षण र सम्बर्द्धनका लागि विश्वव्यापी रूपमा नै नेपालले ऐक्यबद्धता व्यक्त गर्दै आएको छ ।”

सङ्घ, प्रदेश र स्थानीय तहको भूमिका निर्धारण गरी तीनै तह र मानव अधिकारको क्षेत्रमा क्रियाशील सङ्घसंस्था, नागरिक समाजको समन्वयमा यससम्बन्धी कार्ययोजना प्रभावकारी कार्यान्वयनलाई जोड दिइएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । उनले मानव अधिकारको सम्मान, संरक्षण तथा सम्बर्द्धनलाई संस्कृतिको रूपमा विकास गरी मानव अधिकारमैत्री गाउँ, समाज र राष्ट्र निर्माण गर्न अपील गरे ।

प्रधानमन्त्री प्रचण्डले यस वर्ष सम्मानित मानव अधिकारको संरक्षण, सम्मान र सम्बद्र्धनको क्षेत्रमा अझ प्रोत्साहित भएर कार्य गर्न हौसला प्रदान गर्नेसमेत विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ५ : ०३ बजे

काठमाडौंमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार

काठमाडौँमा गत माघमा ९७६ अपराधका मुद्दा दर्ता

काठमाडौँ । काठमाडौँ जिल्लामा गत माघ महिनामा ९७६अपराधका मुद्दा दर्ता

मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै ठाउँमा मतपत्र पुग्ने

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

झापा-५ मा आज ओलीको चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक हुँदै

झापा । नेकपा एमालेका अध्यक्ष तथा झापा-५ बाट प्रतिनिधिसभा सदस्य

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको