५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

समृद्ध नेपाल निर्माणको सपना एमालेको परिकल्पना : अध्यक्ष ओली



रौतहट । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणको सपना आफ्नो दलको परिकल्पना भएको बताउँदै त्यसलाई साकार पार्न नेकपा एमालेमात्र नभइ समाजका अन्य वर्गको पनि सक्रिय सहभागिता अपरिहार्य भएको बताएका छन् ।

नेकपा एमाले रौतहटले गरुडामा आज आयोजना गरेको १०औँ जिल्ला अधिवेशनमा अध्यक्ष ओलीले नेपाली जनताको समृद्धिको आकाङ्क्षालाई मूर्तरुप दिन आफ्नो दलको एकल सरकार आवश्यक भएकाले आगामी निर्वाचनमा त्यो चाहना पूरा गर्न पार्टीका हरेक तहका नेता तथा कार्यकर्ताले आ-आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिए ।

जनताका समस्या समाधान गर्न वर्तमान सरकार गम्भीर नभएको आरोप लगाउँदै अध्यक्ष ओलीले एमालेको बहुमतको सरकार भएपछि मात्र उनीहरूका विकासका चाहना पूरा हुने दाबी गरे । उनले पार्टी कार्यकर्तालाई सेवा भावनाका साथ काम गर्न निर्देशन पनि दिए ।

कार्यक्रमका प्रमुख अतिथि ओलीलाई रौतहटका जनताले एक सय एक किलोको मालाले स्वागत गरेका थिए । एमालेको १० औँ जिल्ला अधिवेशन आज र भोलि गरुडामा हुँदैछ ।

कार्यक्रममा मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराई, कोशी प्रदेश इञ्चार्ज रघुुवीर महासेठ, पोलिटब्यूरो सदस्य, केन्द्रीय सदस्य र गरुडा नगरपालिकाका प्रमुख कन्तमणि जयसवाललगाय नेताको सहभागिता थियो । अधिवेशनले रौतहट जिल्लामा नयाँ कार्यसमिति चयन गर्नेछ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ९ : २१ बजे

रुपन्देहीमा उन्नत गहुँ खेतीसम्बन्धी एकहप्ते तालिम, नयाँ जात र प्रविधिमा किसानलाई प्रशिक्षण

रुपन्देही । राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम अन्तर्गत उन्नत गहुँ खेती

काठमाडौं-६ : मतदाता भन्छन् – ‘गरिखाने वातावरण देऊ’

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति जतिजति नजिक हुँदै

बुर्तिबाङ-ढोरपाटन सडक निर्माण धमाधम

बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडक

झापा-५ मा केपी ओलीद्वारा ४२ बुँदे प्रतिबद्धता सार्वजनिक (पूर्णपाठसहित)

झापा । नेकपा (एमाले)का अध्यक्ष तथा झापा क्षेत्र नं. ५

तीन किलो चाँदीसहित एक जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका- २ नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट रु १२