२० बैशाख २०८१, बिहिबार | May 2, 2024

रुपन्देहीमा टेबल टेनिसको लेभल वन र हाईपरफमेन्स कोर्ष सम्पन्न



बुटवल । रुपन्देहीका टेबल टेनिस खेलाडी र प्रशिक्षकहरुलाई लक्षित गरि लेभल वन र हाईपरफमेन्स कोर्ष गरिएको छ । नेपाल ओलम्पिक कमिटिको ‘नेशनल पाथ फर न्यु कोचिङ स्ट्रकचर’ अन्तरगत रुपन्देहीमा दुई दिने तालिम सम्पन्न भएको हो ।

टेबलटेनिल खेलका पुर्व अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक नमिता श्रेष्ठले महिला खेलाडी र कोचलाई खेलमा सहभभागिता बढाउने र जागरुक बनाउने अभियान अन्तरगत कार्यक्रम गरिएको बताईन । दुई दिने तालिममा सहभागिहरुको क्षमता अनुसार लेभल वन र हाईपरफमेन्स कोर्षमा रहेर विभिन्न टेक्निकहरु सिकाईएको उनले बताईन । केवल टेबलटेनिस खेलमात्र नभई सबै खेलहरुमा महिला सहभागिता बढाउने उदेश्य रहेको उनले बताए ।

कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले टेबलटेनिस खेलमा युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने लक्ष्यसहित गरिएको कार्यक्रम उत्कृष्ट भएको बताए । सिकेका सबै कुरा ब्यवहारमा उतार्न सकेमात्र तालिम सफल हुने भन्दै खेलकुदलाई सधै सकारात्मक रहेको न्यु होराइजनको संस्थागत र प्राचार्य लोकनाथ उपाध्यायप्रति कृतज्ञता जनाए ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द राजवैद्यले खेल ब्यक्तित्व विकास गर्न सहयोग मिल्ने गरि यो कोर्स तयार गरिएको बताए । नेपालका २ जनाले मात्र यो कोर्सको अवसर पाएको भन्दै उनले हरेक खेलाडी आफनो खेल जिवनसंगै प्रशिक्षकको भुमिका आफुमा ल्याउन जरुरी रहने बताए ।

कार्यक्रममा संघका पुर्वअध्यक्ष कृष्ण कुमार श्रेष्ठले काठमाडौ बाहिर नगदसहित पुरस्कार राशीसहित प्रतियोगिता राखेको स्मरण गर्दै आफनो कार्यकाल र अहिलेमा धेरै खेल विकास भएको बताए । उद्योग, व्यापारमा आर्थिक कठिनाई देखिएको बेला खेलाडी भएकै भरमा खानपुग्ने अवस्था हुने अवस्था सृजना गर्नुपर्ने बताए ।

कार्यक्रममा प्राचार्य लोकनाथ उपाध्यायले तालिमबाट नया कोच उत्पादनमा सहयोग मिल्ने बताए । पछिल्लोसमय खेलमा महिला खेलाडी र प्रशिक्षकहरुको संख्यामा वृद्धि भईरहेको समेत उनको तर्क छ ।

रुपन्देही जिल्ला टेबलटेनिस संघका अध्यक्ष नर बहादुर क्षेत्रीले दुई दिनको तालिम खेलमा थप आर्कषण बढाउने गरि शुरुवात भएको भन्दै आगामी दिनहरुमा थप कार्यक्रमलाई जोड दिने बताए । खेल जीवन पछि अधिकास खेलाडीहरु कोचमा रमाउने उदाहरण दिदै खेलाडीहरुमा कोचिङ स्किल बढाउन यस्ता तालिम जरुरी रहने उनले बताए ।

कार्यक्रममा ओलम्पिक कमिटीका एक्जिकयुटिभ सेक्रेटरी सुजन लाल श्रेष्ठ, संघका वरिष्ठ सल्लाहकार अर्जुनमान सैजु, निवर्तमान अध्यक्ष सुरेन्द्र शाक्य, सल्लाहकार विष्णु ढकाल, सचिव रमेश न्यौपाने, काठमाडौ टेबलटेनिस संघका अध्यक्ष राकेश महर्जन, टेबलटेनिस कोच प्रज्वल श्रेष्ठले तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । लेभल वन र हाईपरफमेन्समा ६५ जना सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ५ : ३५ बजे

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता

बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ