८ बैशाख २०८३, मंगलबार | April 21, 2026

टिकौली जङ्गल क्षेत्रमा ‘राडर गन’ सहित चेकजाँच



चितवन । जिल्ला ट्राफिक कार्यालय चितवनले सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि टिकौली जङ्गल राजमार्ग क्षेत्रका सडकमा ‘राडर गन’ सहित चेकजाँच सुरुआत गरेको छ ।

मध्यवर्ती र वरण्डाभार क्षेत्रको बीचमा पर्ने जैविक कोरिडोरसमेत रहेको सो क्षेत्रमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनले ट्राफिक सप्ताह २०८० को अवसरमा राजमार्ग क्षेत्रका सडकमा चेकजाँच थालेको हो ।

सो कार्यालयका प्रमुख खड्कबहादुर खत्रीले सवारी दुर्घटनामध्ये अधिकांश तीव्र गतिका कारण हुने देखिएकाले यसलाई न्यूनीकरण गर्न ‘राडर गन’को सहायताले चेकजाँच सुरु गरिएको जानकारी दिए । “केही दिनदेखि हामीले पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र राष्ट्रिय वन रहेको वरण्डाभार क्षेत्रभित्र पर्ने टिकौली जङ्गल क्षेत्रका सडकमा चेकजाँच गरिरहेका छौँ, अब बढी सवारी साधन ओहोरदोहोर गर्ने व्यस्त बजार क्षेत्रलगायत जिल्लाका अन्य स्थानमा पनि ‘राडर गन’बाट चेकजाँच सुरु गर्छौं”, उनले भने ।

कुन सवारी साधन कति गतिमा गुडेको छ भन्ने राडर गनमा अङ्क देखिने र तस्बिर पनि खिचिने भएकाले सवारी साधन चेकजाँचमा राडर गनको सहायताले सहज हुने बताइएको छ । सवारी साधन र चालकलाई कारबाही मात्रै दुर्घटना रोक्ने उपाय नभएको जनाउँदै ट्राफिक प्रमुख खत्रीले चालकले सीमित गतिमा आफ्नो सवारी साधन चलाउनु पर्छ भने ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र राष्ट्रिय वन रहेको वरण्डाभार क्षेत्रभित्र पर्ने टिकौली जङ्गल क्षेत्रका सडकमा सवारी साधनको ठक्करबाट वन्यजन्तु मर्ने गरेका छन् ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ७ : ५६ बजे

बुटवलमा अवैध गर्भपतनको बिगबिगी, असुरक्षित गर्भपतन गराउँदा १ महिलाको मृत्यु ३ जना पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराउने ३ वटा फार्मेसीका संचालकलाई

प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई रास्वापाले तोक्यो जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ

चितवन । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ भएको छ

सिरहा कारागारमा आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास, २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा । सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२

प्रधानमन्त्रीले योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति