१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पञ्चकोटमा बसेको गण्डकी सरकार मन्त्रिपरिषद्का निर्णय


२९ माघ २०८०, सोमबार  

195
Shares

बागलुङ । गण्डकी प्रदेश सरकारले प्राणघातक रोगबाट पीडित बिरामी छनोट गरी आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

बागलुङको प्रसिद्ध पञ्चकोटमा बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले क्यान्सर र ब्रेनट्युमर भएका ७० जना रोगीको छनोट गरी आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै गण्डकी प्रदेश सरकारकी प्रवक्ता सरस्वती अर्यालले प्रदेश निजामती सेवा पुरस्कार सिफारिस समितिलाई पूर्णता दिन सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेल र पूर्वसहसचिव विदेन्द्रबहादुर हमाललाई नियुक्ति गर्ने निर्णय गरेको बताइन ।

उनले गोरखाको नासो गाउँपालिकाको वडा सीमाना संशोधनका लागि नेपाल सरकारलाई सिफारिस गरेको भन्दै समपूरक तथा विशेष अनुदानअन्तर्गत आयोजना÷कार्यक्रम समावेश गर्न नेपाल सरकारमार्फत राष्ट्रिय योजना आयोगमा अनुरोध गर्ने गर्ने निर्णय भएको जानकारी दिइन ।

प्रवक्ता अर्यालले प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रदेशसभामा पेस गर्न स्वीकृत दिने तथा गण्डकी प्रदेश आन्तरिक लेखा परीक्षण निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिइन ।

प्रदेशमा साझेदार फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने, गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक २०८० प्रदेशसभामा पेस गर्न स्वीकृत दिने निर्णय गरेको पनि उनले बताइन ।

सर्वसिद्धी पञ्चकोटधामका संस्थापक अनन्तश्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको आह्वानमा आगामी फागुन ९ देखि २३ गतेसम्म पञ्चकोटमा अनन्तश्री ब्राह्माण्डीय महायज्ञ हुँदैछ । यस महायज्ञमा आवश्यक सहयोग र सहभागिताका लागि प्रदेश सरकारले अनुरोध पनि गरेको छ ।

आजको बैठकमा स्वास्थ्यमन्त्री सुशीला सिंखडाबाहेक अन्य मन्त्रीहरुको उपस्थिति थियो । पञ्चकोटमा बैठकका लागि आउनुभएका मुख्यमन्त्रीसहितका मन्त्रीहरुलाई स्वामी कमलनाचार्यले स्वागत गर्दै गण्डकीको जलले सेचन गरी माटोको टीका लगाइदिएका थिए त्यहाँ अवस्थित गण्डकी माताको दर्शन गराउँदै उनले मुख्यमन्त्री तथा मन्त्रीहरुलाई देश र आफ्नो मातृभूमिको माटोको सेवा गर्न आग्रह गरेका थिए। राजधानी पोखरा बाहिर गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक यो पहिलो पटक बसेको हो ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ३ : ४६ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान