१० चैत्र २०८२, मंगलबार | March 24, 2026

पाल्पा जिप दुर्घटना अपडेट : ६ जनाको सनाखत (नामावलीसहित)



बुटवल । पाल्पामा भएको जिप दुर्घटनाबाट मृत्यु भएका ८ जना मध्य ६ जनाको सनाखत भएको छ । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना हुँदा मृत्यु भएका ८ जना मध्य ६ जनाको सनाखत भएको हो ।

सनाखत भएका मृतकहरुमा तिनाउ गाउँपालिका ६ का ६० वर्षीया ऐनकुमारी पन्त, सोही स्थानका ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामी तथा बुटवल उपमहानगरपालिका १४ का ७० वर्षीय चन्द रणपाल र उनकी श्रमिती ६० वर्षीया चुना रणपाल रहेका छन् ।

२ जना मृतकको अझै सनाखत हुन नसकेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताए । दुर्घटनामा परि १८ जना घाइते भएको र उनीहरुको पाल्पा प्रवास स्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घटनास्थलमा प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभास पुर्याएका थिए । ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ९ : ४७ बजे

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको